Nabaraj Budha

I am a Writer

Nabaraj Budha Nabin Udasi

I am simple man. with all the new things that I am moved to the queries. I have a special Nepali literature, journalism pen to carry out. And web design, web graphics to be my topics of interest. and I have some websites, blogs also have already designed.

  • Tribeni Gaunpalika, Rolpa.
  • +9843761142, 01128626831
  • nbnabinudasi@gmail.com.com
  • www.navarajbudha.com.np
Me

My Professional Skills

Web Hosting, Radio Streamings, Web Domain, Web Development.

Web Design 50%
Web Development 40%
App Development 60%
Wordpress 80%

Awesome features

Comings Soon...

Animated elements

Comings Soon...

Responsive Design

Comings Soon...

Modern design

Comings Soon.....

Retina ready

Comings Soon....

Fast support

Comings Soon....

0
completed project
0
design award
0
facebook like
0
current projects
  • तिमीलाई छोडी मुग्लान......

    लोक गीत

    केटा:
    तिमीलाई छोडी मुग्लान पसेको छु|
    रहर नभन्नु बाध्यताले बसेको छु|
    बस्नु प्यारी परदेशीलाई पर्खिएर,
    आउनेछु छिट्टै अब,
    गाउँघर अनि तिमीलाई सम्झिएर|

    केटी:
    काखको छोरा छोडेर गएका हौ|
    कति साह्रो निष्ठुरी भएका हौ|
    बसेको छु प्यारा तिमीलाई पर्खिएर,
    छिट्टै आउनु घर
    गाउँघर अनि मलाई सम्झिएर|

    केटा:
    दिन बित्दैछ बिछोडको पिरमा|
    साहुको ऋण परेको छ नउठ्नेगरी शिरमा|
    बस्नु प्यारी परदेशीलाई पर्खिएर,
    आउनेछु छिट्टै अब,
    गाउँघर अनि तिमीलाई सम्झिएर|

    केटी:
    सम्झनाले मुटु बिजाउछ काडाँलेझैँ|
    तिमीबिना एक्लै जिउनु कसरि खै|
    बसेको छु प्यारा तिमीलाई पर्खिएर,
    छिट्टै आउनु घर
    गाउँघर अनि मलाई सम्झिएर|

    केटा:
    तड्पाईमा राखौ तिमीलाई कतिदिन|
    तिरेपछि फिर्नेछु साहुको ऋण|

    बस्नु प्यारी परदेशीलाई पर्खिएर,
    आउनेछु छिट्टै अब,
    गाउँघर अनि तिमीलाई सम्झिएर|

    केटी:
    सुख दुखमा संगसंगै हासौला|
    साहुको ऋण बिस्तारै तिरौला|
    बसेको छु प्यारा तिमीलाई पर्खिएर,
    छिट्टै आउनु घर
    गाउँघर अनि मलाई सम्झिएर|




    NAME: Email: Website: Comment:

  • गीतिकथा- यो मनको सम्झना

    • -...नवीन उदासी 

    बिगतका त्यी रमणीय पलहरुलाई सम्झिएर आज प्रवासको यो बिरानो ठाउँमा चौध घण्टा ड्युटी सिध्याएर होस्टेलमा फर्कन्छु| ..उनको एकोहोरो सम्झनाले गर्दा यो मेरो मुटु सारा छिया-छिया भएको छ, पल प्रति पल यो मेरो मुटु उनकै सम्झनाले पानिबिना माछा जस्तो मरुभूमिमा तड्पिरहेको छ| आज उनको मिठो सम्झना र यादले सताए पनि सपनीमा उनि संगै जति रमाए पनि आखिर आज उनको मायाँले गला सारा रेटिएको छ|
    बिरानो सहरको ठाउँमा उनकै मायाँको नशाले यो छाती यति बिघ्न पोलिरेहको छ| तर पनि खोलावारि, खोलापारी नौं डाँडाको यो क्षितिजमा पनि मैले उनलाई खोजेर कतै पनि भेटिन| सायद उनि त शितल पवन र उच्च पहाड संगै हिमाल हाँसे झैं गरेर कसै संग हाँसिरहेकी पो छिन कि ? जस्तो यो मनमा शंका उपशंकाको भाव मात्र पैदा हुन् थाल्छ| फेरी कतै सोच्छु- स्वतन्त्र भै मनको संसारमा एक्लै टोलाउदै पो छन् होला... ? र आज उनि पालुवाको रुप लिएर प्रेमका अंग अंग नशाहरुमा पलाएर हराभरा बसन्त जस्तै भएकी छन् होला ? तर आज उदासी जीवनमा अनायासै बसन्त उड्यो, अनायासै खुसीहरू टुटेर सबै खडेरी भै गए| त्यसैले होला यो मन पनि एक्लो उदासी भै हिंडेको अझै पनि आफ्नो माटोमा फर्केको छैन|
    यसरी लामो ड्युटीको थकाइले सारा शरीर सबै गलेको हुन्छ| थकाईको लामो सुस्केरा पछी उनको मायाँमा बिरत्तिएका प्रेमका छालहरु संग डुबुल्की खेल्दै मनको कुरा संगै उनलाई सपनीमा देख्दा बाध्यता र विवशताको परिधिमा रहेर यो मनले भन्छ केवल केहि बर्ष पर्ख:

    “सपनाको संसार धेरै नै रमाइलो छ 
    तर म यथार्थमा जिउने गर्याछु, 
    यहि बर्ष तिमीलाई म बेहुली बनाउँथे  
    केहि बर्ष पर्ख  दुःखमा पर्याछु|” 

    खालि यो दिलको कुनामा उनलाई सजाएर राख्ने धोको आज सबै पुरा हुने भयो यो मनले भन्छ| तर मान्छेले सोंचे र आफुले चाहे जस्तो जीवन कहिल्यै पनि जिउन नसकीदो रहेछ| समय र परिस्थितिको दासी बनेर मिलनको पलमा आज बिछोड हुनु परेको छ| यो मनको सुनौलो संसारमा उनि संगै हराएर मायाँको कुरा पोख्ने अनि उनि संगै यो जीवनमा संघर्ष गर्दै संग-संगै जीवन बिताउने संकल्प खै ! कसले टाढा बनाई दियो ? थाहै छैन| सायद समय र परिस्थितिलाई चिन्न नसकेर पनि होला, समयले नै घात गरिरहेको छ| यदि मलाई समयले साथ् दिएको भए त म उनलाई आज यो दिलमा सजाएर राख्ने थिएँ होला.. के गर्नु र खै ! तर भाग्यले नै ठगे पनि उनलाई पाउने आशै आशामा अझै सम्म पनि पर्खाइका बाटाहरु हेरेर बसिरहेको छु| कहिले त धिक्कार्छु यो आफ्नो भाग्यलाई अनि यो जीवन र यो आफ्नो कर्मलाई....
    यो जोवनको यात्रालाई यथार्थमा मोडेर आफ्नो लक्ष सम्म पुग्न चाहेको थिएँ| तर किन पाइला कतै टाढा नपुग्दै रोकिएका छन्| त्यसैले म आज गन्तव्यमा पुग्न सकिरहेको छैन| तर पनि कोसिस गरिरहेको छु| किनकी मैले कोसिसले नै सफलतामा पुर्याउँछ भन्ने पनि बुझेको छु|
    यो मान्छेको मन भित्र पनि यस्तै-यस्तै हरेक इच्छा र आकांक्षा धेरै मध्य कसैको पुरा हुँदो रहेछ भने कसैको अधुरो... अनि फेरी एकोहोरो यो मनमा मनले भन्न थाल्छ| केहि बर्ष पर्खिदेउ है म छिटै आउंछु| तर मान्छेको मन सबैको एउतै कहाँ हुन्छ र ? यदि उनलाई मेरो मायाँमा पूर्ण बिश्वाश छ भने म आफु जलेर भए पनि आस्थाको दीप बालेर आज यो शहरमा म बसिरहेको छु| आशा छ अबश्य पनि प्रतिक्षाको घडी हेर्दै बस्ने छिन उनि.... |
    आज उनीबाट बिछोदिदा सम्झनालाई चिनो लिएको रूमाल पनि च्यातिन खोज्दै छ, सबै धुजा-धुजा हुन् खोज्दै छ| सायद हाम्रो मायाँमा पनि यस्तै फाटो त आउंदैन (भनेर सोच्छु) यस्तै कल्पना गर्छु| तर अहं.. हाम्रो मायाँमा बिश्वास छ| किनकी यो संसार पनि यहि विश्वासमा नै अडेको छ| त्यसैले ‘बिश्वाश भन्दा ठुलो कुरा अरु केहि होइन’ मैले यो उनलाई भनिरहने कुरा होइन| यसरी आज उनि संग त्यी गाउँपाखाका र देउराली भिरपाखाबाट बिछोदिएको पनि आज ४/५ बर्ष नै हुन् लागेछ| त्यसैले म अब छिटै फर्किनु पर्छ, एक धरको सिन्दुरले सिउँदो सजाउन... किनकी म यो साल पनि त्यी ठाउँहरुमा पुग्न सकिन भने उनि कसैको हुने छन्|

    “एक धरको सिन्दुर के हो र ?  
    त्यो त पखालिन सक्छ, 
    छुरा पोते सिन्दुर काँचको न हो, 
    त्यो पनि पखालिन सक्छ|” 

    हो.. आखिर ! के दिउ म उनलाई ? सम्झनालाई रूमाल चिनो दिउ भने पनि च्यातिन सक्छ| त्यसैले दिन्छु अमर यो मायाँ...  तर म आज किन उनको यादमा यसरी छटपतिन्छु थाहै छैन| आज पनि कतै टोलाई रहेको छु| यो जिन्दगि पनि खडेरी भएर मरुभूमिको बगर झैं हुँदा मनमा भएका जति इच्छा र आकाक्षा पनि आज कोपिलामै ओइलिएर मायाँको फूल पनि सबै झर्न खोज्दै छ| खै ! यो समय पनि कति लामो हुँदो रहेछ| कहिले काहीं त यस्तो लाग्छ-एकदिन पनि महिनौ जस्तो... र हुन्छ मन उडी जाउँ कि गुदी जाउँ ? तर म गएर पनि उनको सिउँदो चुरा पोते आदी-आदि सबैले सजाए पनि त्यो त बाहिरि एउटा खोक्रो मात्र हो| त्यो त क्षेनभरमै पखालिन पनि सक्छ.. त्यसैले दिन्छु यो चोखो मायाँ मैले यो धर्तीमा पाइला टेक्दा सम्म, जो म मरेर गए पनि सम्झनामा बाँचीरहनेछ|
    कहिले काहीं यो बिरानो परदेशमा अज्ञात हुने मृत्युको खबरले पनि साह्रै तर्साउँछ| तर म भने सधै कामना गर्छु.. सधै प्रार्थना गर्छु मलाई केहि पनि नहोस्... त्यसैले अब भाग्य दशा बलियो बनाएर अब त्यी गाउँपाखा मेलापात गर्ने त्यी ठाउंहरुमा छिट्टै जाने छु| ...हो मेरो मातृभुमिलाई सम्झिएर| तर अब केहि समय बाँकि भए पनि एकान्तमा यसरि किन आउन थाल्छ उनका यादहरु.....

         “किन आउँछ तिम्रो याद 
    एकान्तमा यति धेरै, 
    तिम्रो याद, तिम्रै तस्बिर  
    आँखावरिपरी जति खेरै| 

    आज उनि मेरो आँखावरिपरी घुमिरहिकी छिन| जति उनलाई भुल्न खोज्छु| तर, अंह ... उनका त्यी पबित्र कन्चन मायाँले हर रात, हरदिन जति भुलु भन्दा पनि आँखावरिपरी नै पाउँछु म उनलाई .... जति उनको मायाले छाती यो चिरिए पनि खै ! अब यो दुखेको मन कसरी निको होला र ? उनका त्यी सुमधुर यादका कोसेलीहरु यी आँखावारि पाउँदा मुटुभरी अशह्य छट्पतिले नै पलपल धेरै नै सताई रहन्छ| यसरी दिनभरिको ड्युटीले गर्दा पनि होला सबै साथीहरु मस्त निन्दामा हुन्छन्| तर म भने आफै दुखिरहेको हुन्छु| उनको यादमा तड्पीदै बल्ल-बल्ल रात बित्न थाल्छ|
    संचार माध्यमहरुले पनि अझ हाम्रो दुरी नजिक बनाई दिएको छ| घन्टौ सम्म च्याटमा कुरा गर्दा लग आउट गर्न सम्म मन लाग्दैन| तर जसोतसो गर्ने पर्छ... अनि यो मनभरी कहाँ भेटौं.. कहाँ देखौं जस्तो भैरहन्छ| त्यसैले म पनि इन्टरनेटमा यसरि नै फेरी भेट्ने बाचा गर्छु| सायद उनले पनि यस्तै त भन्दै भन्छिन होला| यस्तै भन्दै कति खेर निन्द्रा देवीको कोखमा पल्टिन पुगे छु थाहै पाइन| सपनीमा उनलाई कसैको अंगालोमा देखें... ‘उनि त आज भोलि कसैको साथमा हिड्छन भन्ने पनि कसै बाट थाहा पाएँ’ म एक्कासी झल्याँस्स ब्युझन्छु| ब्युझिंदा त पसिनाले निर्थुक्क भिजेको आफुलाई पाएँ र उठेर पानि खाएँ फेरी पल्टिएँ बेडमा.. यता फर्कन्छु उता फर्कन्छु| तर सपना पछी एक पटक पनि आँख बन्द गर्न सकिन| यादमा, सम्झनामा पलपल यो आँखाभरी उनलाई नै देखिरहें| त्यसैले केहि गरि मन बुझाउन सकिन| ...उनलाई फोन गरें| फोन उठेन| पछी झन् फोनको स्विच अफ सम्म भयो| पछी थाहा भयोकि- उनि त आज कसैको भैसकेकी छन् रे.....

    ‘हाँस्नलाई ओठ खोले आँखाभरी आँशु भयो,
    बाँच्नलाई साथ रोजे दुनियाँ टाढा भयो|
    यो मायाँको संसारमा.............|”





    HTML Comment Box is loading comments...

    */
    -->
  • विजया दशमी र शुभ दिपावलिको शुभकामना...

    हिन्दु नेपालीहरुको महान पर्व विजया दशमी तथा शुभ दिपावलिको पावन अवसरमा मेरा सम्पुर्ण शुभ चिन्तक, साथी, अग्रज गुरु, लगायत नातेदार सबै प्रती उन्नती र प्रगतिको हार्दिक मंगलमय शुभ कामना ब्यक्त गर्दछु।

    NAME:


    Email:


    Website:


    Comment:







  • मोति दानाहरु फलाउनुथ्यो...

    गजल
    नवराज बुढा "नवीन उदासी"

    मोति दानाहरु फलाउनुथ्यो गाउँमै बसेर।
    आइयो मुग्लान दलालिको जालमा फसेर।

    जन्म्यौ त्यै माटोमा हुर्क्यौ त्यै बस्तिमा,
    भुल गर्यौ जिन्दगिकै सधै परदेश बसेर।

    सुख्खा भयो होला गैरी खेतबारी पनि,
    फर्किउँ ए ! साथी केही गरौं घुँडा धसेर।

    पछि परिरह्यौ हामी बिकासको बाटोमा,
    जाउँ है अब सबै अघि बढौ कम्मर कसेर।

    ज्यानै फाली पराइ देशको भलो कति गर्नु,
    संघर्ष गर्नुछ स्वदेशमै बेरोजगार बाट हटेर।

  • छुट्टी पाइन् घर पनि

    गीत
    -नवराज बुढा 'नवीन उदासी'

    छुट्टी पाइन् घर पनि आउन  पाइन्।
    यो दशैंमा टिका, जमरा लाउन पाइन्।

    खुसि मनले चाडपर्ब मनाएर बस्नु।
    न्यास्रो लागे'नि मनमा रमाएर बस्नु।
    वर्षौ देखिको भेट्ने धोको मेटाउन पाइन्,
    यो दशैंमा टिका, जमरा लाउन पाइन्।

    फर्किएन गाउँ बिर्स्यो भन्ने नमान्नु।
    अर्को साल आउछु ऐले राम्ररि मान्नु।
    खुसीको गीत संगै बसी गाउन पाइन्,
    यो दशैंमा टिका, जमरा लाउन पाइन्।

    छुट्टी पाइन् घर पनि आउन  पाइन्।
    यो दशैंमा टिका, जमरा लाउन पाइन्।





  • सपनी जस्तो राम्रोहुदैन बिपनी...

    गीत-सपनी जस्तो राम्रो...
    नवराज बुढा नवीन उदासी

    सपनी जस्तो राम्रोहुदैन बिपनी।
    अरुको जस्तै छ मेरोकोमल मन पनि।

    मनले किन ब्यर्थको कुरा सोचिरहन्छ।
    भुल्न खोज्छु अतीत बर्तमानले घोचिदिन्छ।
    जिउदा जिउदा भारी भयो जीवन नि।
    अरुको जस्तैकोमल थियो मेरो मन पनि।

    जिन्दगिको पाना पल्टाएर कति हेरु।
    खुसी भएर जिउन जीवन अब के गरु।
    समयलेदिए पनि चोट गनि गनि
    अरुको जस्तै कोमल थियो मेरो पनि।

    सपनी जस्तो राम्रोहुदैन बिपनी।
    अरुको जस्तै छ मेरोकोमल मन पनि।

  • गीत- मेरो कुनै बिश्वास...

    गीत- मेरो कुनै बिश्वास...
    -नवराज बुढा "नवीन उदासी"

    मेरो कुनै बिश्वास छैन भने।
    सङ्गै जिउने आस छैन भेन।

    एक्लै मलाई छोडी गए हुन्छ।
    वाचा जति सबै टोडी गए हुन्छ।

    मैले सम्झिदानि भुल्न खोज्छ्यौ।
    सुकाएर दिन अन्तै फुल्न खोज्छ्यौ।

    भन अब एकोहोरो माया कति गरुँ ?
    स्वप्ना थियो प्रेमको दियो सङ्गै मरु।

  • गीत- माया गर्न खोज्दा ..

    गीत- माया गर्न खोज्दा ..
    -नवराज बुढा "नवीन उदासी"

    माया गर्न खोज्दा आज भए हेला।
    कुनै पल एक्लै तिमी भएको बेला।

    टोलाउने छौ मलाई सोझो सम्झिएर।
    घाम जुन भएपछि केही हुन्न सम्झिएर।

    ढुङ्गालाई देवता ठानेर पुज्न जानेनौ।
    मेरो कञ्चन मायालाई बुझ्न जानेनौ।

    बगेको खोला फर्किन्न अब पछुताएर।
    भुल गर्यौ पहिले बस अब भक्कानिएर।

  • कविता- दाजुभाइको एउटै साथ


    -नवराज बुढा "नवीन उदासी"

    किन छुटिन्छन
    सम्बन्ध र साइनोहरु,
    एउटै कोखबाट जन्मिएर,
    किन पराई नै बन्न पुग्छन।

    सङ्गै हुर्किएर
    सङ्गै हाँस्दै, खेल्दै गरेको
    पालापनको नाता छुट्दा,
    मन नमान्दो रहेछ।
    जति सम्हालीन खोजे पनि
    भक्कानो छुट्दोरहेछ।
    रमाइलो बिगतको त्यो साथ एउटै
    थियो। कतै लडेर चोट लाग्दा
    आँसु पुछिदिएको दाइको हात
    एउटै थियो। आज एउटै
    घर दुई घर भयो किन ?
    आखिर ! अघि पछि
    सङ्ग सङ्गै हुर्किएको
    आमाको न्यानो ममताको
    प्यारो काख पनि एउटै थियो।

    तर किन खै !
    बालपनको हाम्रो गहिरो
    मिलन आज यथाबत हुनै
    सकेन। दोष खै कस्को
    थियो ? समय या
    परिस्थितिको मैले
    अझै केही बुझ्न
    सकिरहेको छैन।

    विवाद केही थिएन।
    झुट केही थिएन।
    त्यसले म केही बोलिन।
    म केबल मौन बसिरहे।
    दाइको मुखबाट अपच
    शब्द सनसनी प्रहार
    भैरह्यो मै माथी। तर
    पनि म मौन बसिरहे,
    केही बोलिन। केही बोल्नै मन
    लागेन। म मौन भै अनेकन
    आरोप प्रत्यारोप सहेर
      मौन बसिरहे। किनकी मेरो
    दाइमाथी सत्कार थियो।
    सधै आदर थियो।
    त्यसैको परिणाम मैले
    चुपचाप सहिरहे।

    दाइको कोमल त्यो मन
    कसरी ढुङा जस्तो भयो।
    कोमल फुलको थुङ्गा
    जस्तो त्यो मन काडा जस्तो
    पत्थर कहिले भयो। 
    आखिर ! आमाको ममता
    र काख, स साना
    भाइबहिनिहरुको माया
    र दाइभाइको साथ किन अजर
    हुन सकिन।
    सधै म यहि सोचेर
    टोलाईरहन्छु।
    सधै यहि अपमान
    सम्झिरहन्छु।

    २०७३ श्रावण १४

  • कहिले सम्म पराई देशमा हुन्छौं

    गजल
    -नवराज बुढा 'नवीन उदासी'

    कहिले सम्म पराई देशमा हुन्छौं नेपाली हामी।
    उठौ अब सबै संघर्षको पाइलाहरु चाली हामी।

    केही गरेर देखाउनु छ यो हाम्रो देशमा युवाले,
    मिलिजुली एक भै जुटौ अब यसपालि हामी।

    भन्न साथ प्रगती कहाँ पो हुन्छ गर्नुपर्छ पहिले,
    स्वरोगारी बनौ अल्झिपनको जागर फाली हामी।

    गरेपछी नहुने केही छैन हिरा फुल्छ यै माटोमा,
    बहकिने मन बसालौ स्वदेसमा सम्हाली हामि।

    पराई देशमा पसिनाको मुल्य हुँदैन कहिल्यै पनि,
    फर्कौ अब नबसौ पसिनाको धारा खसाली अब।

    २०१६ सेप्टेम्बर ०२

  • क्षितिजमा बादल सङ्गै

    गजल
    -नवराज बुढा 'नवीन उदासी'

    क्षितिजमा बादल सङ्गै घुमिरहन मन लाग्छ।
    तिम्रो मीठो बोली सधै सुनिरहन मन लाग्छ।

    कतै छोडी जान्छन भनी यादहरु दिल बाट,
    हावाझै उड्ने याद मन्मै थुनिरहन मन लाग्छ।

    दुनियाँले नजर लगाउला धेरै सुन्दर भए पछि,
    तिमिलाई मेरि हौ भन्दै  चुनिरहन मन लाग्छ।

    भत्किएर, चुडिएर जान्छकी पिरतिको जाल,
    युगौ सम्म प्रीतको जाल बुनिरहन मन लाग्छ।

    एउटावारि अर्को पारी फुलेका फूलहरु टिपेर,
    स्वयम्बरभै लाउने माला उनिरहन मन लाग्छ।

    २०१६ अगस्त ३१

  • केही उज्यलो भो मनको बादल...

    गजल
    -नवराज बुढा 'नवीन उदासी'

    केही उज्यलो भो मनको बादल घटेर गयो।
    बल्ल थोरै खुसी छायो दु:ख जति हटेर गयो।

    उन्नतिको लागि केही सपना साँचेक थिए,
    सपना सबै आज मनभित किन डढेर गयो।

    मलाई लिन आ'को थियो काल अल्पआयुमै,
    संघर्षले लेखेका जिवनको गजल पढेर गयो।

    मनै हारेेपनि 'नवीन उदासी' भएर जिवनमा,
    बल्ल आज एउटा सपना सिधी चढेर गयो।

    थाहा भो सोझो रुप देखाउनु हुन्न रैछ यहाँ,
    एउटा फताह आएर मलाई आज ठगेर गयो।

  • साडी र चोलिको जमाना त्यो गयो भन्छन

    मुक्तक

    -नवराज बुढा 'नवीन उदासी'

    साडी र चोलिको जमाना त्यो गयो भन्छन।
    बुढा बा-आमाहरू के अचम्म भयो भन्छन।
    मेटिदैछ पुरानो मुल्य र मान्यताको संस्कार,
    बुढा पाकाहरु अब अस्तित्व के रह्यो भन्छन।

    २.
    तिजका भाका पनि गाउनै छाडे अचेल।
    साडी र चोली सबै लाउनै छाडे अचेल।
    हामिलाई यस्तो फेसन मन परेन भनेर,
    रंगमञ्चमा पाकाहरू धाउनै छाडे अचेल।

    २०१६ सेप्टेम्बर ४

  • दिन मेरो....

    गजल
    -नवराज बुढा "नवीन उदासी"

    दिन मेरो आजभोलिमै अल्झेर गएछ।
    कतिखेर बैँस जति सबै ढल्केर गएछ।

    हातैमा समाएको छु भन्थें समयलाई,
    मलाई फेरी अहिले'नी कुल्चेर गएछ।

    समयलाई पछ्याएर पछि हिड्दा'नि,
    मनका खुसीहरु लग्न पल्केर गएछ।

    बालापनकै गोरेटोमा फर्कीउ भन्छु,
    रहरभित्र फेरि डढेलो सल्केर गएछ।

    सपनिमा आउने कमलो त्यी यादहरु,
    बिगतको फोटो आँखामै झल्केर गएछ।

    २०१६ अगस्त ३१

  • परदेशिकै गीत गाउँछ होला......

    गीत-मनै रुवाउछ...
    नवराज बुढा "नवीन उदासी"
    परदेशिकै गीत गाउँछ होला डाँडा पाखाले मेरो।
    मनै रुवाउँछ उनको त्यो रसिलो आँखाले मेरो।

    बुझाउँनै सकिन मन एक्लै टोलाई रा'छ।
    बिरह छायो यो मनैको बस्तिमा आज।
    के छ सञ्चो भनी सोध्छ गीतको भाकाले मेरो।
    परदेशिकै गीत गाउँछ होला डाडा पाखाले मेरो।

    कतिदिन बिताए चन्द्र सुर्य रातो हेरेर।
    थाके होलिन पर्खाइको बाटो हेरेर।
    मुटु साह्रै दुखायो बिछोडको काडाले मेरो।
    परदेशिकै गीत गाउँछ होला डाडा पाखाले मेरो।

    परदेशिकै गीत गाउँछ होला डाडा पाखाले मेरो।
    मनै रुवाउँछ उनको त्यो रसिलो आँखाले मेरो।
  • गुञ्जियौ तिमी गजलकी बनेर....

    गजल
    -नवराज बुढा "नवीन उदासी"

    गुञ्जियौ तिमी गजलकी धुन बनेर।
    हेरिरहे चम्कियौ पुर्णिामाको जुन बनेर।

    दुनियाँकोआँखा तिमी तिरै लोभिएको बेला,
    सोह्रै आना खुल्यौ छापावाल सुन बनेर।

    साच्चै तिमी कोमल, साह्रै सज्जनकी छ्यौ,
    कुभलो गरेनी देखाउन्नौ बैगुन बनेर।

    भोका नाङ्गा गरिब दु:खिको सेवामा जुटेकिछ्यौ,
    बन्दोबस्त हुन्छ्यौ खोले सिस्नु नुन बनेर।

    म मर्नै आटेको बेला जीवन दियौ तिमिले,
    अंग अंग नाचिरहन्छ्यौ मेरो खुन बनेर।

  • तीन मुक्तकहरु

    -नवराज बुढा "नवीन उदासी"

    १.
    हुन नपरोस पागलपन जस्तै कसैलाई।
    नहोस कोइली बिनाको रानिबन जस्तै कसैलाई।
    जिन्दगिकै वाचामा खाटो कसरी आयो आज,
    छुट्टिनु पर्ने जोया र जीवन जस्तै कसैलाई।

    २.
    मेरो सम्झनाले तिम्रो मन रुवाउन्न होला।
    बिछोडको चोटले पनि मन दुखाउन्न होला।
    निस्ठुरीझै बनेर गयौ किन खै ! आज तिमी,
    टाढा हुदा नि मन कहिल्यै पछुताउन्न होला।

    ३.
    तिमिलाई आफ्नो बनाउन पाए।
    जिन्दगीभर सङ्गै रमाउन पाए।
    चाहिदैन अरु केही मलाई अब,
    अजम्बरी माया तिम्रो पाउन पाए।

  • मुक्तक

  • GET A FREE QUOTE NOW

    Coming Soon ....

    ADDRESS

    Tribeni Gaunpalika 4 Rolpa

    EMAIL

    nbnabinudasi@mail.com
    navarajbudha.com.np@mail.com

    TELEPHONE

    9810851804
    01128626831

    MOBILE

    9810851804
    01128626831