• गीतिकथा- यो मनको सम्झना

    • -...नवीन उदासी 

    बिगतका त्यी रमणीय पलहरुलाई सम्झिएर आज प्रवासको यो बिरानो ठाउँमा चौध घण्टा ड्युटी सिध्याएर होस्टेलमा फर्कन्छु| ..उनको एकोहोरो सम्झनाले गर्दा यो मेरो मुटु सारा छिया-छिया भएको छ, पल प्रति पल यो मेरो मुटु उनकै सम्झनाले पानिबिना माछा जस्तो मरुभूमिमा तड्पिरहेको छ| आज उनको मिठो सम्झना र यादले सताए पनि सपनीमा उनि संगै जति रमाए पनि आखिर आज उनको मायाँले गला सारा रेटिएको छ|
    बिरानो सहरको ठाउँमा उनकै मायाँको नशाले यो छाती यति बिघ्न पोलिरेहको छ| तर पनि खोलावारि, खोलापारी नौं डाँडाको यो क्षितिजमा पनि मैले उनलाई खोजेर कतै पनि भेटिन| सायद उनि त शितल पवन र उच्च पहाड संगै हिमाल हाँसे झैं गरेर कसै संग हाँसिरहेकी पो छिन कि ? जस्तो यो मनमा शंका उपशंकाको भाव मात्र पैदा हुन् थाल्छ| फेरी कतै सोच्छु- स्वतन्त्र भै मनको संसारमा एक्लै टोलाउदै पो छन् होला... ? र आज उनि पालुवाको रुप लिएर प्रेमका अंग अंग नशाहरुमा पलाएर हराभरा बसन्त जस्तै भएकी छन् होला ? तर आज उदासी जीवनमा अनायासै बसन्त उड्यो, अनायासै खुसीहरू टुटेर सबै खडेरी भै गए| त्यसैले होला यो मन पनि एक्लो उदासी भै हिंडेको अझै पनि आफ्नो माटोमा फर्केको छैन|
    यसरी लामो ड्युटीको थकाइले सारा शरीर सबै गलेको हुन्छ| थकाईको लामो सुस्केरा पछी उनको मायाँमा बिरत्तिएका प्रेमका छालहरु संग डुबुल्की खेल्दै मनको कुरा संगै उनलाई सपनीमा देख्दा बाध्यता र विवशताको परिधिमा रहेर यो मनले भन्छ केवल केहि बर्ष पर्ख:

    “सपनाको संसार धेरै नै रमाइलो छ 
    तर म यथार्थमा जिउने गर्याछु, 
    यहि बर्ष तिमीलाई म बेहुली बनाउँथे  
    केहि बर्ष पर्ख  दुःखमा पर्याछु|” 

    खालि यो दिलको कुनामा उनलाई सजाएर राख्ने धोको आज सबै पुरा हुने भयो यो मनले भन्छ| तर मान्छेले सोंचे र आफुले चाहे जस्तो जीवन कहिल्यै पनि जिउन नसकीदो रहेछ| समय र परिस्थितिको दासी बनेर मिलनको पलमा आज बिछोड हुनु परेको छ| यो मनको सुनौलो संसारमा उनि संगै हराएर मायाँको कुरा पोख्ने अनि उनि संगै यो जीवनमा संघर्ष गर्दै संग-संगै जीवन बिताउने संकल्प खै ! कसले टाढा बनाई दियो ? थाहै छैन| सायद समय र परिस्थितिलाई चिन्न नसकेर पनि होला, समयले नै घात गरिरहेको छ| यदि मलाई समयले साथ् दिएको भए त म उनलाई आज यो दिलमा सजाएर राख्ने थिएँ होला.. के गर्नु र खै ! तर भाग्यले नै ठगे पनि उनलाई पाउने आशै आशामा अझै सम्म पनि पर्खाइका बाटाहरु हेरेर बसिरहेको छु| कहिले त धिक्कार्छु यो आफ्नो भाग्यलाई अनि यो जीवन र यो आफ्नो कर्मलाई....
    यो जोवनको यात्रालाई यथार्थमा मोडेर आफ्नो लक्ष सम्म पुग्न चाहेको थिएँ| तर किन पाइला कतै टाढा नपुग्दै रोकिएका छन्| त्यसैले म आज गन्तव्यमा पुग्न सकिरहेको छैन| तर पनि कोसिस गरिरहेको छु| किनकी मैले कोसिसले नै सफलतामा पुर्याउँछ भन्ने पनि बुझेको छु|
    यो मान्छेको मन भित्र पनि यस्तै-यस्तै हरेक इच्छा र आकांक्षा धेरै मध्य कसैको पुरा हुँदो रहेछ भने कसैको अधुरो... अनि फेरी एकोहोरो यो मनमा मनले भन्न थाल्छ| केहि बर्ष पर्खिदेउ है म छिटै आउंछु| तर मान्छेको मन सबैको एउतै कहाँ हुन्छ र ? यदि उनलाई मेरो मायाँमा पूर्ण बिश्वाश छ भने म आफु जलेर भए पनि आस्थाको दीप बालेर आज यो शहरमा म बसिरहेको छु| आशा छ अबश्य पनि प्रतिक्षाको घडी हेर्दै बस्ने छिन उनि.... |
    आज उनीबाट बिछोदिदा सम्झनालाई चिनो लिएको रूमाल पनि च्यातिन खोज्दै छ, सबै धुजा-धुजा हुन् खोज्दै छ| सायद हाम्रो मायाँमा पनि यस्तै फाटो त आउंदैन (भनेर सोच्छु) यस्तै कल्पना गर्छु| तर अहं.. हाम्रो मायाँमा बिश्वास छ| किनकी यो संसार पनि यहि विश्वासमा नै अडेको छ| त्यसैले ‘बिश्वाश भन्दा ठुलो कुरा अरु केहि होइन’ मैले यो उनलाई भनिरहने कुरा होइन| यसरी आज उनि संग त्यी गाउँपाखाका र देउराली भिरपाखाबाट बिछोदिएको पनि आज ४/५ बर्ष नै हुन् लागेछ| त्यसैले म अब छिटै फर्किनु पर्छ, एक धरको सिन्दुरले सिउँदो सजाउन... किनकी म यो साल पनि त्यी ठाउँहरुमा पुग्न सकिन भने उनि कसैको हुने छन्|

    “एक धरको सिन्दुर के हो र ?  
    त्यो त पखालिन सक्छ, 
    छुरा पोते सिन्दुर काँचको न हो, 
    त्यो पनि पखालिन सक्छ|” 

    हो.. आखिर ! के दिउ म उनलाई ? सम्झनालाई रूमाल चिनो दिउ भने पनि च्यातिन सक्छ| त्यसैले दिन्छु अमर यो मायाँ...  तर म आज किन उनको यादमा यसरी छटपतिन्छु थाहै छैन| आज पनि कतै टोलाई रहेको छु| यो जिन्दगि पनि खडेरी भएर मरुभूमिको बगर झैं हुँदा मनमा भएका जति इच्छा र आकाक्षा पनि आज कोपिलामै ओइलिएर मायाँको फूल पनि सबै झर्न खोज्दै छ| खै ! यो समय पनि कति लामो हुँदो रहेछ| कहिले काहीं त यस्तो लाग्छ-एकदिन पनि महिनौ जस्तो... र हुन्छ मन उडी जाउँ कि गुदी जाउँ ? तर म गएर पनि उनको सिउँदो चुरा पोते आदी-आदि सबैले सजाए पनि त्यो त बाहिरि एउटा खोक्रो मात्र हो| त्यो त क्षेनभरमै पखालिन पनि सक्छ.. त्यसैले दिन्छु यो चोखो मायाँ मैले यो धर्तीमा पाइला टेक्दा सम्म, जो म मरेर गए पनि सम्झनामा बाँचीरहनेछ|
    कहिले काहीं यो बिरानो परदेशमा अज्ञात हुने मृत्युको खबरले पनि साह्रै तर्साउँछ| तर म भने सधै कामना गर्छु.. सधै प्रार्थना गर्छु मलाई केहि पनि नहोस्... त्यसैले अब भाग्य दशा बलियो बनाएर अब त्यी गाउँपाखा मेलापात गर्ने त्यी ठाउंहरुमा छिट्टै जाने छु| ...हो मेरो मातृभुमिलाई सम्झिएर| तर अब केहि समय बाँकि भए पनि एकान्तमा यसरि किन आउन थाल्छ उनका यादहरु.....

         “किन आउँछ तिम्रो याद 
    एकान्तमा यति धेरै, 
    तिम्रो याद, तिम्रै तस्बिर  
    आँखावरिपरी जति खेरै| 

    आज उनि मेरो आँखावरिपरी घुमिरहिकी छिन| जति उनलाई भुल्न खोज्छु| तर, अंह ... उनका त्यी पबित्र कन्चन मायाँले हर रात, हरदिन जति भुलु भन्दा पनि आँखावरिपरी नै पाउँछु म उनलाई .... जति उनको मायाले छाती यो चिरिए पनि खै ! अब यो दुखेको मन कसरी निको होला र ? उनका त्यी सुमधुर यादका कोसेलीहरु यी आँखावारि पाउँदा मुटुभरी अशह्य छट्पतिले नै पलपल धेरै नै सताई रहन्छ| यसरी दिनभरिको ड्युटीले गर्दा पनि होला सबै साथीहरु मस्त निन्दामा हुन्छन्| तर म भने आफै दुखिरहेको हुन्छु| उनको यादमा तड्पीदै बल्ल-बल्ल रात बित्न थाल्छ|
    संचार माध्यमहरुले पनि अझ हाम्रो दुरी नजिक बनाई दिएको छ| घन्टौ सम्म च्याटमा कुरा गर्दा लग आउट गर्न सम्म मन लाग्दैन| तर जसोतसो गर्ने पर्छ... अनि यो मनभरी कहाँ भेटौं.. कहाँ देखौं जस्तो भैरहन्छ| त्यसैले म पनि इन्टरनेटमा यसरि नै फेरी भेट्ने बाचा गर्छु| सायद उनले पनि यस्तै त भन्दै भन्छिन होला| यस्तै भन्दै कति खेर निन्द्रा देवीको कोखमा पल्टिन पुगे छु थाहै पाइन| सपनीमा उनलाई कसैको अंगालोमा देखें... ‘उनि त आज भोलि कसैको साथमा हिड्छन भन्ने पनि कसै बाट थाहा पाएँ’ म एक्कासी झल्याँस्स ब्युझन्छु| ब्युझिंदा त पसिनाले निर्थुक्क भिजेको आफुलाई पाएँ र उठेर पानि खाएँ फेरी पल्टिएँ बेडमा.. यता फर्कन्छु उता फर्कन्छु| तर सपना पछी एक पटक पनि आँख बन्द गर्न सकिन| यादमा, सम्झनामा पलपल यो आँखाभरी उनलाई नै देखिरहें| त्यसैले केहि गरि मन बुझाउन सकिन| ...उनलाई फोन गरें| फोन उठेन| पछी झन् फोनको स्विच अफ सम्म भयो| पछी थाहा भयोकि- उनि त आज कसैको भैसकेकी छन् रे.....

    ‘हाँस्नलाई ओठ खोले आँखाभरी आँशु भयो,
    बाँच्नलाई साथ रोजे दुनियाँ टाढा भयो|
    यो मायाँको संसारमा.............|”





    HTML Comment Box is loading comments...

    */
    -->
  • GET A FREE QUOTE NOW

    Coming Soon ....

    ADDRESS

    Tribeni Gaunpalika 4 Rolpa

    EMAIL

    nbnabinudasi@mail.com
    navarajbudha.com.np@mail.com

    TELEPHONE

    9810851804
    01128626831

    MOBILE

    9810851804
    01128626831