Tel: 0039 123 45 789 | Skype: info@domain.it

We're Coming Soon

We are working very hard on the new version of our site. It will bring a lot of new features. Stay tuned!


days

hours

minutes

seconds

Subscribe to our newsletter

Sign up now to our newsletter and you'll be one of the first to know when the site is ready:

Copyright © नवराज बुढा | Powered By Blogger | Published By Gooyaabi Templates
Design by AZMIND | Blogger Theme by NewBloggerThemes.com

बिदाइका अन्तिम हातहरु- कथा

 -नवराज बुढा 'नवीन उदासी'  


शरद र बसन्त आज मुग्लान पसेको केहि समय मात्रै भएको छ।  तर समयले आफ्नै गति अनुसार नेटो काटी सकेको हुन्छ। घर परिवार सबैलाई सदा सुखी राख्न र खुसी संगै पारिवारिक दायित्वलाई निभाउन भनि नै सधै आफ्नो नित्य कर्म तिर निरन्तर लागि नै रहन्छन।  जति दुख पिडा परे पनि सधै सुख सयलमा परिवारलाई राख्ने सपना सजाउदै उनीहरु यसरी नै दृढ सकल्प गर्छन।  शरद भन्दा बसन्त अलि पढे लेखेको, जाने बुझेको शिक्षित थियो। परिवारमा एक सदस्यको रुपमा पनि चिनिन्थ्यो। शरद भने अलि उत्ताउलो पनको थियो। सबै कुरा आफ्नै अधिनमा मात्रै जिद्दी गर्थ्यो। तर के गर्नु बिपन्न परिवारमा जन्मे पछी आज गाउँको चिने जानेको बसन्त संग मुग्लान तिर आएको छ। यसरी बसन्त एकोहोरो मनमा अन्यक कुराहरु मात्रै खेलाई रहेको हुन्छ। त्यही प्यारो मातृभूमी, त्यहि प्यारो जन्मभूमि अनि आफ्नो प्यारो देश बारेमा उ सदा चिन्तित हुन्छ।  किनकी देशमा संबिधान अझै बन्न सकेको छैन। फेरी आफ्नो स्वर्ग जस्तो घर परिवार बाट दुर भएर बस्न चाहन्न थियो। तर के गर्नु गरिबीको भुमरी भित्र परेर उसमा पारिवारिक
जिम्मेवारी थपिए पछी बाध्यता सृजना भयो।  त्यसैले गर्दा पनि गाउँ छोडेर परदेश तिर पाइला अगाडी बढाएको छन्।  फेरी घरमै बसेर पनि गुजारा केहि नचल्ने स्थिती पनि थियो। 

दिनानुदिन महंगीले घर खर्च चलाउनमा भार उस्तै थपिदै गइरहेको थियो।  त्यसैले गन्तब्य विदेश नै बनाएर अनन्तको लागि  बसन्त र शरद विदेश तिर नै हानिएको थिए।  यसरी बसन्तले नचाहँदा नचाहदै पनि घरमा  डुब्ने बेलाको घामको अवस्थामा पुग्नु भएको आफ्नो बुवा र आमालाई छोडेर आयो।  घरमा स-साना भाई बहिनिहरु हुर्काउन उत्तिक्कै जिम्मेवारी थियो।  तर पनि उ बिदाइका अन्तिम हातहरु हलाउदै घर बाट लामो यात्राको रुप तय गरि अर्थात करिब ३ बर्षको लामो समयलाई भनेर शरद र बसन्त घर बाट बिदाइ हुन्छन।  घर बाट छुत्तिदाको असहय पिडा र मर्मलाई छातिभरी लुकाएर राख्न खोज्छन।  तर अंह बसन्तको आत्म बिछोडको पीडाले आगोले झैं भतभति पोलिरहेको थियो। यसरी दुबैको मन उत्तिकै आत्मग्लानी भएको हुन्छ। बसन्तको घर परीवारको याद र सम्झनाले मन उतिकै सताई रहेको हुन्छ भने अर्को तिर कोपिलामा  हुर्किदै गरेको त्यी पबित्र प्रेमको 'मुना'लाई छोडेर आज प्रवासको यो बिरानो ठाउँमा पानि बिनाको माछा जस्तै भएको छ। सडकछेउ र कतै गल्लीमा ढुकुरका जोडीहरु देख्दा आफ्नो मायाँलुलाई सम्झिन्छ। तर पनि आत्मभरी छल्कि  रहेको यादको प्रतिबिम्लई जसोतसो भुल्न विवश हुन्छ। बसन्तले कता-कता स्मरण गर्छ- घर बाट आउँदा आफ्नो मायाँलुले भनेको २/४ शब्दहरु...  "हातका मैला सुनका थैला, के गर्नु धनले, सागर सिस्नो खाएको बेस आनन्दी मनले" महाकवि लक्ष्मी प्रसाद देवकोटाको यी कविताका हरफहरुले पनि उस्तै छोइरहेको हुन्छ ।   


 आखिर ! हुन् पनि रहेछ। बसन्तले सोंच्न थाल्छ ।  अनि यस्तो भन्छ: परिवारको हाँसो खुसी जे छ त्यसमै खुसी हुनु भन्दा अरु केहि होइन रहेछ।  परिवारको खुसी नै त्यहि सन्तुष्टि हो। यहि नै सर्बश्व हो। जहाँ केहि कुराको अभाव भए पनि सदा खुसीले प्रकट हुन् सकूँ... यस्तै प्रतिज्ञा गर्छ। अनि साँझ  बिहान भरियाको जीवन भए पनि कति खसी हुन्थ्यो यस्तै सोचिरहन्छ। किनकी सबै आफन्तहरु समिपमा हुँदैनन्। यो दसत्वताको सहरमा न कोहि छ, न कोहि.. जता हेर्यो सबै अपरिचित भन्दै यस्तै-यस्तै मिठो कल्पनाको सागर भित्र पौडिदै फेरी भावुकतामा हराउदै सोंच्न थाल्छ- घरमै बसेर सागर र सिस्नो खाएको  कती आनन्द हुन्थ्यो। तर आज शरद र बसन्त क्षितिजपारिको बादलुको कहालिन घुम्टो भित्र हराएर आफ्नो भविष्य खोज्न पसिना बगाउदै छन्। आज सम्म  आफ्नो उज्ज्वल भविष्यको बाटो  चिन्न नसकेर अन्योलमा परेर  बसिरहेका छन। यसर्री नै यी सहरको भिडमा दिनचर्याहरू चलिरहेको छ।  शरद र बसन्त आज लक्ष्य बिहिन बानर जस्तै भएका छन।  परदेशको सारा जिन्दगी आज दासत्वता मै व्यतित हुँदैछ। एकदिन काम नगरी पेट पाल्न पनि एकदम मुस्किल छ। केहि पेटको लागि , केहि परिवारको लागि यसरी प्रचण्ड गर्मीमा खटिरहेका छन। परिवारको झिनो आस्थामा माथि सयपत्रीको माला उने जस्तै उनेर आशा र अबिलाशाहरु बोकेर महिना भरि मरी-मरी काम गर्छन।  तर तलब न्यून छ। तर पनि उनीहरुमा एकै चोटी ठुलो सपना छैन।  एकै चोटी ठुलो सपना देख्यो भने त्यो सपना पुरा हुँदैन।   त्यसैले पनि उनीहरु न्यून तलब भए पनि आफ्नो अमुल्य पसिना त्यसैमा साटिरहेका छन्।


शरद र बशन्त यो मानब रुपी दानबको अपहेलना बाट जति तिरस्कृत भए पनि अरबीहरुको असह्य गालि आदी सहेर पनि निरन्तर आफ्नो नित्य कर्ममा लागिरहेका छन्।  महिना भरि काम गरे पनि तलब जम्मा मासिक ९०० रियाल आउँछ।  तैपनि घरको गुजारा सबै चलाएकै छन्। आफुले नलाएर, नखाएर बचाएर भए पनि साथीहरु संग कमिटि खेलेर पालै पालो घरमा घर खर्च पठाउने गर्छन। बिस्तारै समयले कोल्टो फेर्दै गयो। बसन्तले सधै आफ्नो गाउँघर  सम्झेर घरमा पैसा पठाई नै रहन्थ्यो। त्यसैले नेपालो आर्थिक महंगीमा पनि घरको गुजारा जसोतसो चलाएकै छन। बसन्तको आत्माले खुसीको अनुभूति पनि साथीहरु संग प्रकट गर्छ। किनकी उस्क दैनिक जीवन बिगत भन्दा वर्तमान केहि राहतले सहज बन्दै गैरहेको थियो। उता शरद भने खै ! कता छ ? कतै पत्व नै छैन। आएको करिव ९/१० महिनामा नै  कम्पनी मालिकको यातना सहन नसकेर जानी-जानी अबैधानिक बन्न पुगेको थियो। त्यसैले आज बसन्त शरद संग सम्पर्क बिहिन भएको छ।  बसन्त भने पहिले आएको कम्पनिमा नै जस्तो दुःख कष्ट आए पनि सजिल्यै सामाना गरेर आज पनि त्यहि कम्पनीमा बसेको छ, र आएको तिन बर्ष पुग्न पनि केहि महिना मात्रै बाँकी छ।  तर बसन्त सरद  जस्तो कदापि थिएन।  बसन्तमा सहानुभूति प्रसस्त थियो। जस्तो सुकै परिस्थितिलाई पनि सजिल्यै सामाना गर्न सक्थ्यो। आज  धेरै अन्तराल भैसक्यो। केहि जानकार छैन। यता बसन्त भने नयाँ जोस र जाँगरका साथ् त्यहि पुरानै कम्पनीमा नियमित अगाडी बढिरहेको छ।


कम्पनीका मुख्य कर्मचारीहरु संग प्रत्यक कम्पनीमा घुमफिर गर्छ। यस्तै क्रममा मालिकले अर्को कम्पनि स्थापना गर्ने भए पछी बसन्त पहिले आएको कम्पनि बाट सरुवा भएर अर्को कम्पनीमा जाँदैछ। बसन्तको मनमा अलि कति खुसी पल छ, अलिकति दुःखीको पल छ। किन भने धेरै बर्ष सम्म संगै बसेका साथीहरु बाट छुट्टिएर जादैछ। जसरी घरबाट आउँदा भक्कानिएको थियो। त्यसरी नै भक्कानिएको छ।  मनमा उसलाई कता-कता नरामाइलो महुसुस हुन्छ थाल्छ।  मन जति न्यास्रो भए पनि आखिर ! उ अर्को कम्पनिमा जानै पर्ने थियो।  बसन्त नजवास् पनि कसरी ? कम्पनीमा सबै संग परिचित... फेरी उसको बोसले नै उसलाई बोलाएको थियो। त्यसैले उ मनले नमाने पनि बाहिर खुसि मानेर पहिले आफु संगै बसेका साथिहरुमा बिदाइका अन्तिम हातहरु हलाउदै गयो। त्यो बेला उ संगै बसेका साथीहरुले धेरै सम्झेका थिए। किनकी बसन्त साह्रै मिलनसार, मिजासिलो थियो । यसरी बसन्त  नयाँ ठाउँमा प्रवेश गर्छ। उसलाई सबै ठाउँ नौलो लाग्छ।  उसको लागि त्यो बस्ति सबै अपरिचित छ। त्यो सबै मुस्लिम बस्ति थियो। कम्पनी पनि त्यहि रहेछ।  बसन्तलाई कम्पनीको गाडीले त्यही लगेर छोड्यो।  चारै तिर धकमक्क हरियाली बातावरण, पहिले सहर भन्दा अलि मोफसलमा भएर होला। त्यो ठाउँ सबै सुन्दर र शान्त थियो। बसन्त यताउति हेर्दै तोलाउथ्यो।  किनकी उसलाई घरि-घरी घरको याद र पहिले संगै बसेका साथीहरुको सम्झनाले सताई रहन्थ्यो।  सायद अरु सहर भन्दा रमाइलो, सफा भएर पनि होला। कम्पनि पछाडीतिर अलि आधा डेढ घण्टा हिंडे पछी एउटा ठुलो समुन्द्र थियो| जहाँ पानि जहाज वारपार गरिरहन्थे। पानीका छालहरुमा बोटहरु हुन्थे। सोंच्थ्यो ... यो समुन्द्रको पानि र माछी दाइको जिन्दगानी उस्त-उस्तै रहेछ। समुन्द्रको सुसाहतले उसको मनमा पनि एक प्रकारको तरंग प्राप्त गरिरहन्थ्यो। सार्बजनिक बिदाको दिन त्यहाँ पुगेर धेरै फोटो खिचेरहरु  आएका थिए। उसका साथीहरु र बसन्त।


उता नयाँ कम्पनि खोल्ने पनि सुरु भैरहेको थियो। नयाँ सुपरमार्केट जसमा सबै सामानहरु मिलाएर अधिकांस कामहरु पनि क्रमश सकिँदै थिए। नयाँ कम्पनी भएकोले उसको लागि सबै नौलो र अपचित भए पनि सबै संग बिस्तारै घुलमिल  हुँदै गयो। कम्पनि पनि करिब डेढ महिना पछी खुल्यो। तर नयाँ कम्पनी भएकोले स्टाफहरु क्यासिएर, सेल्स असिस्तेन्स देखि लिएर कस्टमर सर्भिश यस्तै अन्य अन्य डिपार्टको लागी स्टाफहरुको खाँचो थियो। यस्तै क्रममा क्रमश कामको लागि आवेदन दिनेहरुको संख्या पनि पुग्यो।  सबै पुगिसके पछी मार्केट सुरु भयो। कम्पनि खोल्नको दिन अरु बेला भन्दा त्यो दिन बसन्त निकै व्यस्ततामा व्यतित भयो।  यता उति कस्टमर सर्भिश गर्न र एउटा सामानको ट्रली गुडाउन सम्म बाटो थिएन। त्यसैले फेरि स्टाफको केहि अपुग भए पछी पत्रपत्रिका एफएम रेडियो र टेलिभिजनमा दिएको बिज्ञापन मार्फत जानकारी प्राप्त गरेर कामको लागि फारम भर्न भर्नेको जमात बढ्यो। जहाँ कम्पनि म्यानाजेर मात्रै पुरानो थियो। अन्य स्टाफहरु सबै नयाँ नै थिए। अन्त्यमा  एकजना मुस्लिम स्त्री  त्यसको दुइ दिन पछी फारम भरेर कम्पनीमा प्रवेश गरेको थिईन। हेर्दा साह्रै राम्री, सायद बाहिर कतै नहिडेर होला। असाध्यै गोरी सर्लक परेकी जिउडाल स्वर्गकी परी भन्दा फरक थिइनन्। तर बसन्त कामको व्यस्तताले कुनै वास्ता गर्दैन थियो।  बसन्तको आफ्नो काम र कर्तब्य देखि उन्मुक्त खुसीमा दिनचर्याहरु यसरी नै ब्यतित हुँदै थिए।  एकदम सोझो र ईमान्दार र अझ यसमा चढ्दै गरेको जवानीले अत्यन्तै सोभायमान देखिन्थ्यो।  बसन्त माथि धेरैले आँखा लगाउँथे। तर उसले घर परिवार र आफ्नो मायाँलुलई कहिल्यै पनि भुलेन। केवल आफ्नो नित्य कर्म निरन्तर लागिरह्यो।


 एकदिन त्यी एउटी मुस्लिम स्त्री संग  सामान स्क्यान गर्ने क्रममा भेट भयो। बसन्त हेर्यो.. र मुस्कुरायो मात्रै.. केहि पनि बोलेन। तर त्यी केटि भने हेलो हाई... यस्तै के-के भन्दै थिइन्। बसन्तले केहि वास्ता गरेन। यस्तै संयोग एकदिन रेस्ट समयको बेलामा संगै समय मिल्छ। फेरी पनि बसन्त संग उ केहि बोल्न खोज्छ। यस्तै उसले अंगेजी भाषा तिमि नेपाली हो ? भनि र  सोधी ! बसन्तले हो। म नेपाली हुँ। यस्तै सामान्य कुराकानी भयो दुइ बिचमा। यसरी एउटा कम्पनीमा भए पनि दुइको भेट ड्युटी पस्ने बेलामा कहिले कहीं मात्रै हुन्थ्यो। त्यी मुस्लिम स्त्रीले नजिक हुन खोज्दा  पनि वास्ता नगरे पछी त्यहाँ बाट रिजाइन दिएर बसन्तलाई बिदाइका हातहरु हलाउदै गइन। यसमा बसन्तलाई केहि गुनासो छैन। किनकी सहरमा त अमुल्य मायाँलाई पनि धन पैसामा मापन गर्छन। मन भन्दा पनि बाहिर सौन्दर्यतालाई हेरेको हुन्छन। रुप खोज्नेहरु त सबै क्षेणिक हुन्। यी आधुनिक सहरमा गाउँको जस्तो सच्चा मायाँ कहाबाट पाइन्छ र ? बस्  बसन्तले यहि बुझेको थियो। तर उता शरद भने अझै कतै पनि पत्तो छैन। संगै आएको बसन्त घर फर्कियो। घर, गाउँ, साथीभाई र गाउँमा समाजमा खुसी छायो। तर शरदको परिवारमा निराशाको बादलले घेरेको छ। घरको एउटा मात्रै छोरो.. त्यै छोरा आज खाडीमै अत्तोपत्तो छ। आज गाउँमा उसकै खोजि भैरहेको छ। उसका बुवा आमा बिहान बेलुका मुलबाटो हेरेर बसिरहेका छन। विचारा ! शरद बिदाइका अन्तिम हलाउदै घर बाट निस्केको अझै गाउँ फर्केको छैन।



(नोट: यी कथाका पात्र सबै काल्पनिक हुन्। यदि कसै संग मेल खान गएमा संयोग मात्र हुनेछ। धन्यवाद !)


-बुढागाउँ, रोल्पा nbnabinudasi@gmail.com
Powered by Blogger.

Stay Connected

Top Menu

Travel

Viral

Popular Posts

Fashion

Hot News

Contact Form

Name

Email *

Message *

top_rightads

Sidebar Ads