• परेलीको आँशुहरु-गजल

               गजल
                 - नवराज बुढा 'नवीन उदासी'

    परेलीको आँशुहरु तिमीले'नि पुछेका थियौ|
    बाध्यतामा  थिएँ तिमीले'नी  बुझेका थियौ।

    स्पर्श  गरि नै  रहन्छ तिम्रो मायाँले अझै'नी,
    कोमल यी हातहरुमा प्यारले चुमेका थियौ|

    सम्झि  रहन्छ  यो मनले  नित्य   तिमीलाई,
    कहिले  घाम, कहिले पानीमा रुझेका थियौं|

    तिमीलाई दुख्दा मलाई'नि दुख्थ्यो अनायासै,
    आँशु संगै झर्न खोज्दै परेलीमा रुकेका थियौं|

    मागे जतिको बरदान कहाँ पो पाईन्छ र यहाँ,
    ढुंगालाई पनि देवता सम्झिएर पुजेका थियौं|

                      बुढागाउँ, रोल्पा
  • GET A FREE QUOTE NOW

    Coming Soon ....

    ADDRESS

    Tribeni Gaunpalika 4 Rolpa

    EMAIL

    nbnabinudasi@mail.com
    navarajbudha.com.np@mail.com

    TELEPHONE

    9810851804
    01128626831

    MOBILE

    9810851804
    01128626831