• रेडियो पत्र

    संगीत सरोवर

    प्रिर्य सरु... खै ! कसरि लेखौं र के भनेर सम्बोधन गरौँ म तिमीलाई ? कयौं शब्दकोशको पानाहरु पल्टाएर हेरें, तर तिमीलाई सम्बोधन गर्ने कुनै शब्द नै पाइन| त्यसैले सरु.. म तिमीलाई सरु नै भनेर सम्बोधन गर्दै छु| हुन् त तिमि आज कसैको भैसकेका छौ| त्यसैले सरु भन्ने शब्द पनि अधिकार त पाएको छैन| तर बिगतलाई बिर्सिएर एउटा साथि सम्झिएर मैले तिमीलाई सरु भनेको हुँ... कृपया अन्यथा नलिनु र नरिसाउनु ल.... !

    सरु, तिमि त आज कसैको त्यो न्यानो अंगालोमा हाँसेर नौलो जीवन खुसीले उन्मुक्त हुँदै व्यतित गर्दै छ्यौ होला ? म भने आज बिरानो यो शहरको गल्लि-गल्लि भौतारिदै छु| मैले सोंचेको थिएँकी- अब छिट्टै नेपाल आएर तिम्रो त्यो सिउँदो नजिक पुग्छु र सजाउछु| तर आज त्यो तिम्रो सिउँदो कसैले सजाई दियो| जो मैले कल्पना समेत गरेको थिएन| मैले सिंचेको थिएँ हाम्रो प्रेम रोमियो जुलिएत झैं हुन्छ| सरु, एकपटक मेरो बारे बिगतलाई फर्किएर हेर त... कस्तो थियो हाम्रो अतित ? तिमीले गरेका बाचाहरु झुट थिए भने किन देखायौ मलाई मायाँको रुप ? भन त सरु ... के धन हुनेहरुको लागि मात्र मायाँ हो र ? के मन हुनेहरुको लागि मायाँ हुँदैन र ? आज भोलि यस्तै यस्तै प्रश्न गरेर एकान्तमै बसेर टोलाई रहन्छु| विरहमा एक्लो उदास-उदास मनहरु बोकेर जीवनको यो यात्रामा आज एक्लै हिंडी रहेको छु| थाहा छैन, म कहाँ जान्छु, के गर्छु ? मेरो पहिलो प्रेम तिमि नै थियौ| त्यसैले आज तिमीले धोका दिंदा आज वियोगको चोटले मेरो अवस्था एकदम नाजुक बन्दै गैरहेको छु|

    सरु, यो संसारमा मेरो आफ्नो भन्नु कोहि पनि थिएनन्| त्यसैले त मैले तिमीलाई सर्बश्व मानेको थिएँ| तर आज तिमीले मैले सुम्पेको त्यी सर्बश्व सबै लगेर केवल उदास मन र एक्लो जिन्दगी बनाएर यो कोमल मन रुवाएर गयौ| मैले सोंचेको थिएन आज दिल यसरी टुक्रिएर जान्छ भनेर.... के सोंचेको थिएँ जिन्दगीमा के भयो यो जीवन आज|

    सरु, तिमि त पढेलेखेकी शिक्षित भए पनि तिमीलाई मायाँ के हो केहि पनि थाहा रैनछ| यदी तिमीलाई मायाँको अर्थ थाहा हुन्थ्यो त तिमि मलाई दोबाटोमा कुरेर बस्ने थियौ| तर तिमीले सम्झे हौला... गयो, सदालाई गयो.. अब कहिल्यै फर्किएर आउदैन, हो यस्तै सोच्यौं मलाई| तर म आफन्त र साथीभाई अनि आफ्नो मातृभूमि प्रति त्यति कठोर मन भएको मान्छे म कहाँ हुँ र ? मलाई पनि त मायाँ छ समाज राष्ट्र, गाउँ घर संगै तिम्रो मायाँमा फर्केर आउने थिएँ| तर अब त गाउँमा पनि आउन मन लाग्दैन, आउंछु भनेको थिएँ| तर तिमीले छोडेर गयौ, र बुवाले पनि संसार छोडेर जानु भयो| त्यसैले अब नजिकको को नै छ र ? यसरि नै जिउंदै छु आज दासत्वपूर्ण जीवन... आज एक्लो छु जीवनमा, हो नितान्त एक्लो छु| सरु तिमीलाई जसोतसो भुल्ने प्रयत्नमा थिएँ| तर आज फेरी कता कता त्यहि पलहरुले यो छातिभरी छटपटी हुँदा यो पत्र लेख्ने कोसिस गर्दै छु, र भन त सर... मायाँ गर्ने मान्छेले नै वियोगमा छोडेर गए पनि वियोगमा परेको आफ्नो अवस्था अथवा केहि परिवर्तन बारे अलिकति भए पनि निष्ठुरीले थाहा पाई दिए हुन्थ्यो जस्तो किन हुन्छ ? हो मलाई यस्तै खुल्दुली हुन् थालेको छ आजभोली... त्यसैले मैले पनि तिम्रो अगाडी केहि गरेर देखाउने कोसिसमा छु|

    सरु, जब तिमि मलाई सदाको लागि एक्लै छोडेर गयौ, हो त्यहि दिन देखि तिम्रो अगाडी केहि गरेर देखाउछु भन्ने साह जागेर आएको छ| त्यसैले अचेल त साहित्यका शब्दहरुमा नजानेर भए पनि कता-कता तहलिन्छु| भनिन्छ मान्छेलाई रिदय भित्र जब केहि आघात पर्दैन सुखको अनुभूतिमा हुन्छ र केहि नौलो कार्यमा खासै अग्रसर रहेको पाइंदैन| तर मान्छेलाई जब मनमा चोट पर्छ, समय र परिस्थितिले धोका दिन्छ तब यहि रिदय भित्रबाट नै त्यहि पीडाहरु व्यक्त गर्न कलम उठाउन सक्नेले कलम उठाउँदो रहेछ भने नसक्नेले कुना फर्की एक छिन रोएर नशा संगै डुबेर सबै भुल्ने चेस्टा गर्दा रहेछन| तर म मनमा जति दुःख पिडा र चोट भए पनि कलमको साथ लिएँ, कलम उठाएँ... कतै कुलत (नशा) मा लाग्न उचित ठानिन मैले| त्यसैले आज भोलि लाग्छ- कतै तिमि फर्केर औछ्यौकि ? जीवनको द्वार बाट तिमि पराइको आगनमा पराइ संग मस्केर हिंडेको... देख्दा अझै मन दुखेर आउँछ| तर पनि भाग्य यस्तै भनि निधारमा हात राखेर रुँदै भए पनि ‘पर्खाइका बाटाहरु’ पुस्तक समेत प्रकाशन गरेको छु| फेरी आशा पनि राखेको छु.. पक्कै पनि कतै खोजेर पढ्नु... मैले  तिमि बाट पाएका चोट र पीडाहरु सबै शब्द-शब्दमा उतार्ने कोसिस गरेको छु| म संग केहि गर्ने क्षेमता त छैन| तर पनि मानिसलाई कोसिसले नै सफलतामा पुर्याउँछ भन्ने बुझेको छु| त्यसैले कोसिस न हो अगाडी बढिरहेको छु|
    सरु, जीवनमा पहिलो चोटी समय र परिस्थिति संग चल्न नजानेर जब मैले तिमि बाट पिरतीको खेलमा हारे.. त्यो हारेको दिन देखि यो मन नै जिउँदो लाश भएर बाचेको छु| छोडी जानेलाई सम्झनु र उसकै यादमा तड्पेर रुनु म आफै ब्यकार ठानेको छु| तर किन फेरी यो मन तिम्रो यादमा रोइरहेको हुन्छ... मलाई थाहा छैन| सायद तिमीले मेरो साँचो मायालाई चिनेनौ र मेरो मनको भावनालाई बुझेनौ र बुझ्ने प्रयास पनि गरेनौ| तर म भने अझै पनि तिम्रो यादहरु भुल्न नसकेर आफैले आफैलाई कमजोर बनाएर एक्लै बाँचेको छु| त्यसैले पनि होला यो मन निकै भावनामा बहकिदा मनका पीडाहरु सबै प्रस्तुत गर्न साहित्यिक अभियानमा लागेको छु|

    सरु, बगैचामा फूलहरु त हजारौं फुलेका हुन्छन| एउटा फूल झरे पनि फेरी अर्को फूल फुल्छ भन्ने आशा र भरोषामा बाँच्दा-बाँच्दै मन परेको तिमि एउटा फूल थियौ| तर आज अनायासै कहाँ बाट आयो हुरी र उजाड बनाइ गयो मेरो जीवन... त्यसैले होला यो जीवन झरेको पात जस्तै उजाड-उजाड भएको छ| त्यसैले खाभ्रे ढुंगखर्कका संगीतकार राजेश थापाको संगीत र दीपक लिम्बूको स्वर संगै मेरो शब्द सृजनामा एउटा गजल पनि संगीतबद्ध गरेर लिएको छु|

    (“बसन्तमै उजाडी गएँ, मन परेको फूल झर्दा खेरि,
    हेर्ने सकिन तिम्रो शिरमा पराइको सिन्दुर पर्दा खेरी”)

    .सरु... यो सबै मैले तिमीलाई मनको पिडा पराइको भए पनि सुनाउन चाहेको हु एउटा असल साथी सम्झिएर.. कहीं कतै गल्ति र अप्ठ्यारो पर्न गएमा माफी चाहान्छु| यसरि जिन्दगीमा काम गर्दै जाँदा धेरै अनुभब पछी एउटा यस्तो पाठ सिक्ने अवसर पाएको छु|

    -उही तिम्रो सरोवर
    बुढागाउँ, रोल्पा बाट






















  • GET A FREE QUOTE NOW

    Coming Soon ....

    ADDRESS

    Tribeni Gaunpalika 4 Rolpa

    EMAIL

    nbnabinudasi@mail.com
    navarajbudha.com.np@mail.com

    TELEPHONE

    9810851804
    01128626831

    MOBILE

    9810851804
    01128626831