Tel: 0039 123 45 789 | Skype: info@domain.it

We're Coming Soon

We are working very hard on the new version of our site. It will bring a lot of new features. Stay tuned!


days

hours

minutes

seconds

Subscribe to our newsletter

Sign up now to our newsletter and you'll be one of the first to know when the site is ready:

Copyright © नवराज बुढा | Powered By Blogger | Published By Gooyaabi Templates
Design by AZMIND | Blogger Theme by NewBloggerThemes.com

संस्मरण अभावले दिएको पीडा...

दुर्गा ब. श्रीस
अभाब भित्र गुम्सिएर आँशुको बर्षा भै रह्यो
कति  थिए मनमा रहर ब्यथा संग बिलाई गयो।
खडेरीमा फूल खोज्दा ओईलिएर झरी गएँ
सुख दुःख सातौं भन्दा एक्लै यहाँ मरी रहें।।

कुमालेको चक्र झैं घुम्दै जाने जिन्दगी खै ! के जिन्दगी जहाँ जन्मे देखी नै अभाब नै अभाब बाट गुज्रिएको छ, अनेक इच्छाहरु दबाएर दुःखको सागरमा बाध्य भएर पौडिन परेको छ।  एक्लो अँधेरी रातमा कसैको यादमा तड्पीएर बिछोडका चोटहरु हाँसी-हाँसी सहनु परेको छ। दुःख पीडाहरु बिर्सिएर कहिले काहीं त आफैले आफैलाई बिष पिलाउन खोज्छु।  यो संसार बाटै बिलाउन खोज्छु, अशान्ती बाट  मुक्ती प्राप्ती गर्न  मृत्युलाई साथ लिएर त्यसैको पिछा  गरिरहन्छु। लाग्छ मलाई दुःख र अभाब बाट मुक्त हुने अन्तिम लक्ष्य हो, त्यही मेरो गन्तब्य हो, जहाँ पुगेर मात्र म यो स्वार्थी संसारलाई बिर्सन सक्छु, शान्तीको श्वास फेर्न सक्छु भन्ने काँतरपन हो, तर मेरो साहसले मलाई अझ सम्म हरेक आपतबिपतमा संघर्ष गराउंदै यहाँ सम्म ल्याई जीवित राख्न सफल भएको छ। शाहसले मेरो मनलाई जितेको छ। यदी म भित्रको काँतरपनले मेरो मनलाई जितेको भए सायद यो संसारमा नरहने थिएँ होला।  किनकी मलाई थाहा छ केही गर्नको लागी भागेर हैन डटेर लाग्नु पर्छ। अतितका ती पलहरुमा फर्कने हो भने मेरो ती दिनहरुमा खुशीका नामहरु पनि भेटिएका छैनन् र  पनी अभाबै अभाबमा जन्जिरले जेलेर अगाडी बढी रहेको छु।

कहिल्यै आफुले सोंचेको जस्तो आफ्नो इच्छा अनुसारको  जिवन जिउन सकिएन। अतितका ती पानाहरु सबै अभाबै अभाबले भरिएका छन्। प्राप्तीको आशै आशामा २५ औं बसन्त पार गरि सके। तर सुखको एक पल पनि हात पार्न सकिन। खेली रहे दुःख संग जुधी रहे संघर्ष संग मात्र केहि गर्ने आशा अभीलाशा  बोकेर, जब आमाको कोख बाट यो संसारमा जन्म लिएँ.. तब देखी मेरा संघर्ष रूपी छालहरू छल्किन थाले, दुःख र अभावको आँधीहुरि चल्न थाले, म  सानै देखी पढाइमा रुची राख्ने मान्छे तर मेरो पारिवारिक नाजुक आर्थिक स्थितिको कारण चार ठाउँ टालेको कपडा लाएर पाटी र खरी ढुंगा बोकी पैदल  खाली खुट्टा स्कूल जान्थे। जब कि अरु साथीहरु कापी कलमको साथमा नयाँ-नयाँ कपडामा स्कूल आउंथे। कतिले त गिज्याउथे  जुन  लाजले गर्दा कती दिन त बिद्यालय नगई कन जंगलमा एक्लै बिताएर छुट्टी हुने समयमा घर फर्कन्थे, यो सब रमाइलो र रहरले पक्कै गरेको थिएन। बच्चा नै भए पनि चेतना थियो म मा तर अभाब र बाध्यताको पछाडी कसैको केही लाग्ने रहेनछ।

परिवारको जेठा सन्तान म, मेरा पछाडी एक बहिनी र ३ भाई थिए। जसको कारण भाई बहिनीको रेखदेख देखी लिएर घरयासी कामकाजमा मेरो जिम्मेवारी बिशेष थियो। मेरो बुवा आमा मुख्यत: कृषि  तथा पशुपलान गर्नुहुन्थ्यो। मैले बिद्यालय जाने बाहेक अन्य समयमा उहाँहरु कै साथमा घाँस दाउरा, पानी पँधेरो, भाई बहिनीको हेरचाह र गोठालो जाँदै मेरो बाल्यकाल बित्यो। शिक्षाको पारिलो घाम बाट बन्चित मेरा बुवा आमा मेरो पढाई प्रति खासै रुची राख्नु हुन्दैथ्यो। भन्नु हुन्थ्यो पढेर के हुन्छ ? हलो जोतेर पो खान हुन्छ। कहिले काहीं बिद्यालय बाट घरमा ढिला पुग्दा गाली खानू पर्थ्यो, तँलाई पढेर कहाँ खान पुग्छ ? घरमा काम गर्नु पर्दैन ? अहिले गाईको भकारोमा सुताई दिन्छु थाहा पाउछस्,कहिल्यै मैले घर बाट पढ्नु पर्छ भनेर प्रेरण पाएन। प्राय: जसो  छुट्टीको समयमा बनमा गोठालो जाँदा या घर बाट बिद्यालय जाँदा बाटोमा हिड्दै गर्दा हल्का रुपमा  पढ्थे, अनि बिद्यालय गई सके पछि प्राय जसो चार नबजे सम्म बाहिर घुम्न र खेल्न जाँदैन थिएँ। मेरो लागी दिउँसो  एक बजेको  समय नै गृहकार्य गर्ने समय हुन्थ्यो। एक त घरमा उज्यालोको व्यवस्था थिएन, अर्को कुरा कामको बोझ, पारिवारिक तनाव र पढाईको चिन्ताले थकित मेरो मन पढाइमा त्यति ध्यान जादैनथ्यो। जसको कारण जिवनमा कहिल्यै पनि घरमा पढ्ने वातावरण भएन। मैले जे जति सफलता प्राप्त गरें त्यो सबै बिद्यालय समय भित्र जे जती बुझें, सिकें र पढें त्यही  नै थियो। मैले गुरुहरुले पढाएको र भनेको कुराहरुलाई बिशेष ध्यान दिएर पढ्ने र सुन्ने गर्थें तर पनि कहिले काहीं जानेर पनि गृहकार्य गर्न नपाउँदा कारबाहीको भागीदार पनि हुनु पर्यो।

आमाले घाँस काट्दै गर्दा, भिरमा जन्मेको मान्छे म।
बुढेसकालमा सन्तानको पिरमा, जन्मेको मान्छे म।।

ढिंदो  र आटो खाँदै, ताते-ताते गर्दै पढें
बिहान बेलुका दाउरा, बेची-बेची पढें।

चाडपर्ब नै कुर्नु पर्थ्यो. मिठो मसिनो खान
राम्रो लुगा हुन्नथ्यो, मेला घुम्न जान।

एक थरी चप्पलमा अर्को तुना हाली
गोठालो जान्थे बनमा खल्तीमा नुन हाली।

लाकुरीको बोटमा चढी गाउनु गीत गाएँ
यस्तै-यस्तै गरी यहाँ सम्म आएँ।

                          -(साभार: सुवास एल्बम बात)

म जती-जती बढ्दै जान्थे समस्याहरु पनि त्यतिकै तुलात्मक रुपमा बढ्थे, तैपनि हिम्मत नहारी यो मानब भिड बाट एक कदम अगाडी बढ्न चाहान्थे। समाजमा लिप्त अन्धविश्वास जरै देखि मास्न चाहन्थे, परिबर्तनको बर्षा गराउन चाहान्थे, गाउँका शोषक सामन्तको सदा-सदाको लागी अन्त्य गरी नयाँ नौलो समाजको निर्माण गर्न चाहान्थे तर सोंचाई र बिचार सपनामै सीमित रह्यो। अभावको चुलीहरू झन-झन् चुलिंदै गयो, रहरहरु हावामा उडेर गयो, सपनाहरुले आकाश छोप्न पुग्यो, खुसीहरूमा बादल लाग्यो, चाहनाहरु मनमा भरिंदै गयो, प्रेम कहानी पानीमा बिलाए, आफन्तको साथ् म प्रती दिन प्रती दिन घट्दै गयो र बिस्तारै बिस्तारै म अभावको साथमा एक्लो जिवन बाँच्न विवस थिएँ र छु मात्र उमंग पाउने आशामा......................... ....

आफ्नो प्रेम संग टाढिएर म आफ्नो छायाँ संग  डराई रहेको छु। यो भिडभाडको दुनियाँ देखी दिक्क भै कतै एकान्तमा बस्न चाहन्छु। यही अभावको कारणले नै आज म सबथोक भुलेर   यस पराई धर्तीमा पाईला टेकेको छु। मरुभूमिमा घामको ताप, मेसिनको राप, काम को चाप, कामको पेलाई र मालिकको हेपाईले गर्दा पैसाका लागी पराई भूमिमा दासत्वपूर्ण कैदी जिवन जिउन बाध्य छु। के गरौँ स्वदेसमा पनि नोकरीको लागी कयौं प्रयास गर्दा पनि, गल्ली गल्लि भोकभोकै यहाँ बाट पनि केही हात नलागे पछी त्यी बुढा बुढी आमा बुवा र उनीलाई विबाह भएको केही समय मै छोडेर यहाँ आउन बाध्य भएको छु।

भविष्यको लागी रहरले होइन करले यो भूमिमा केही गर्ने सपना बोकेर झन्-झन पराई, अन्याय अत्याचारको जन्जिरमा उम्कन नसक्ने गरी बांधीएको छु। न यता न उता घर न घाटको भएर दोधारमा जिवन मृत्यु संग जुधिरहेको छु। द्रिबिधाको जन्म भएको छ, जोसमा हानेको मेरो पाइलाहरु एकाएक रोकिएका छन्। आशामा झन्-झन् दुःखको खुड्किला थपिंदै छ, अन्त्यमा दुःखको सामना गर्न बाहेक अरु कुनै उपाय छैन मात्रै म परदेशमा पराइको दासी भएँ। रित्व रित्व मेरो सपनाहरु म सधै जहाँको तहीं एउतै खुड्किलामा न उभो न उधोंको भएर अलमलमा परी रहे। शिखर चढ्ने आशमा झन्-झन् मेरा पाइलाहरु पछाडी हतीदिए। म फेरी यो दुनियाँ देखी हार खाएर यो रंगिन दुनियाँको कल्पना बाट  उजाड फाँटहरुमा प्रवेश गरे। आशै आशमा आफैले आफैलाई सुकाई सके, धैर्यताले ठाउँ छाडी सक्यो, सेवा गर्ने मेरा भावनाहरु निस्क्रिय भए, संघर्षमा जेलीदा जेलिंदै मैले जिवन भोगाई बाट के बुझें भने मान्छेले भाग्य भए भन्दा बढी कहिल्यै पाउन सक्दैन र भाग्य पहिल्यै निर्धारण भएर आएको हुन्छ। म परम्परामा बिश्वाश नगर्ने मान्छे, म सोच्दथे भाग्य त आफैले बनाउनु पर्छ। यहि चेतना दिन्थे समाजमा तर आफ्नै अनुभवले यो थाहा भएको छ कि भाग्यमा भए भन्दा बढी कसैले प्राप्त सक्दैन। चाहेर मात्रै हुँदैन यहाँ यदी इच्छा र चाहनाह भएर मात्रै सबथोक प्राप्त हुने भए म के-के गर्न चाहन्थे त खै ? के गरे म यो संसारमा।

क्रान्तीको मूल फुटाउन चाहान्थे, एउटा यस्तो छुट्टै संसार निर्माण गर्न चाहान्थे जहाँ गरिबीको पनि  सम्मान होस्। गरिबीले पनि केही गर्ने ठाउँ पाउन तर के गर्ने केहि गर्न खोज्ने मान्छेलाई कसैले सहयोग गर्दैनन्। भ्रष्टचारी, घुसखोरीलाई खुलेर सहयोग गर्छन। यो समाजमा गरिब परिवारमा जन्मिए पछी केही गर्न सक्ने क्षेमता र योग्यता भए पनि  पैसाको अभाब बिना केहि गर्न सक्दैन। अभावमा जेलिए पछी अविश्वासको पात्र बनिन्छ। म जस्ता कैयौं युबाहरु अरुकै दासी भएर बाँच्नु परेको छ केवल अभावले गर्दा यो स्वार्थी समाजमा पैसा छ भने सबथोक छ। नत्र भने केही छैन। पैसाले मान्छेलाई परिबर्तन गरिदिन्छ। यो मेरो अहिले सम्मको जिवन भोगाई र अनुभुतीको यथार्थ हो। यहि नै मेरो अभाब भित्रको सिकाई हो। आज अभाब नै मेरो जिवन साथी हो। अभाब एउटा परिक्षा हो र अभाबमा नपरे सम्म मानिसले केही सिक्न सक्दैन, यस बाट नै मानिसले संघर्ष गर्न सिक्दछ भन्ने भनाई मेरो हो।

जिवन जिउने क्रममा काँडाहरु बिझ्नु बिझे
सुख दुःख के हो भन्दा अभाब भन्ने बुझें।
Powered by Blogger.

Blog Archive

Stay Connected

Top Menu

Travel

Viral

Popular Posts

Fashion

Hot News

Contact Form

Name

Email *

Message *

top_rightads

Sidebar Ads