Tel: 0039 123 45 789 | Skype: info@domain.it

We're Coming Soon

We are working very hard on the new version of our site. It will bring a lot of new features. Stay tuned!


days

hours

minutes

seconds

Subscribe to our newsletter

Sign up now to our newsletter and you'll be one of the first to know when the site is ready:

Copyright © नवराज बुढा | Powered By Blogger | Published By Gooyaabi Templates
Design by AZMIND | Blogger Theme by NewBloggerThemes.com

फेरी रोल्पा जादैछु

-आन्विका गिरी


ढोकाको सानो प्वालबाट घरबेटीको गञ्जीका दुई वटा प्वाल देखिए। संसारमा यही एउटा मान्छेलाई म अनुहार नहेरी चिन्न सक्छु। खाना नखाँदै आएको भए मेरो दिक्क लाग्दो अनुहार उसले हेर्नै पर्थ्यो। रमला अफिसको कामले बाहिर गएकीले एकसातादेखि खाना बनाएर म गलिसकेको छु।
“बाहिर एउटी बूढी गोपाल, गोपाल भन्दै छे”, घरबेटीले दिक्क मान्दै सोधे, “चिन्नुहुन्छ?”
सडकको पहेँलो बत्तीमा एउटा चाउरिएको अनुहार! टाउकोमा फेटा बाँधेकी उनको नाकको फुली र उज्यालोको रङ्ग उस्तै थियो। मलाई देखेर ङिच्च हाँसिन्। उनको अगाडिको दाँत झ्रेछ। खुट्टामा चप्पल पनि थिएन। सेतो पटुका मैलिएर कैलो भएको थियो।
 “चिन्नुहुन्छ?”, घरबेटीको बोलीले म तन्द्राबाट ब्यूँझिए झ्ैँ भएँ। उनी पछि-पछि आएको बिर्सेछु।
“चिन्छु।”  धारो खोलिदिएपछि उनले मिची-मिची हातखुट्टा धुने प्रयत्न गरिन्। हातमा साबुन लगाउँदा साबुनको वास यसरी तानिन्, मानौं एउटा गँजडी जोडले गाँजा तानिरहेको छ।
“खुट्टामा पनि लगाउने?”, उनले अलिकति छक्क अनि अलिकति मक्ख परेर सोधिन्।
एकछिनअघिसम्म र्‍याल-सिंगान भएको अनुहार केही चम्किलो देखियो। उनलाई सोफामा बसालेर अनुहार नियालेँ। जसरी हेरे पनि यिनी कटकरीकी आमा फूलमाया नै हुन्। मैले यिनलाई दुईवर्ष अगाडि रोल्पाको थवाङमा छाडेर आएको थिएँ।
रातो रिबनले कपाल बाँधेको निहुँमा सेनाले उनकी छोरी कटकरीलाई थुतेर लगेका थिए। आठ कक्षामा पढ्दै गरेकी कटकरी कुनै पार्टीमा संलग्न थिइनन्। तर गाउँमा माहोल नै यस्तो थियो― सबै पार्टीमा थिए, कोही पार्टीमा थिएनन्!
“चुल्ठोमा रातो रिबन किन?”, स्कूलबाट फर्कंदै गरेकी उसलाई सेनाको मेजरले सोध्यो।
“यसै…”, कटकरीको जवाफ थियो। त्यही साँझ् आमाको काखमा गुजुल्टिएर बसेकी उनलाई स्कूलकै नीलो मिडीमा एकहूल राक्षसले घिसार्दै लगे।
कटकरीले आमालाई रातो रिबनको कुरा सुनाउन पाएकै थिइन। फूलमाया त खाली काखबाट थुतेर लगे भन्दै बरर्र आँसु झ्ार्थिन्। आँसुसँगै नाकबाट बग्ने पानीले उनलाई हेरिनसक्नु बनाउँथ्यो। अनि यसरी रुन थाल्थिन् कि झिँगा धपाउन समेत सक्दिनथिन्।
हरेक घरमा लगभग उस्ताउस्तै कथा। फरक के मात्र भने छोरी मरेकी वा बेपत्ता पारिएकी भन्ने द्विविधामा थिइन्, फूलमाया। कटकरी हराएदेखि उनको घरमा आगो बलेको थिएन। खाने बेलामा जसको घरमा पुग्थिन् त्यहीँ खान्थिन्।
कटकरीलाई लगेको महिना दिनमा सेनाले गाउँ छोड्यो। सेना हिँडेको भोलिपल्ट गाउँलेले खाल्टोबाट कटकरीको रातो रिबन निकालेर उसकै घरमा बाँधिदिए। नीलो मिडी वा सर्ट फेला परेको भए सायद छोरी मारिई भनेर फूलमाया मान्थिन् होला।
त्यसैबेला गाउँ पुगेको मैले आफू काम गर्ने संस्थामा कटकरीलाई बेपत्ताको सूचीमा राख्न सिफारिस गरेँ। हामीले उनको खोजी पनि तीब्र पार्‍यौं। त्यही सिलसिलामा म फूलमायालाई बारम्बार भेटिरहन्थेँ। एकदिन छोरी भेटिन्छे भन्नेमा उनी ढुक्क थिइन्। “साइँलाले काजकिरिया गरिसक्यो”, एकपटक उनले सुनाइन्, “तर, त्यो रिबनकै भरमा म कसरी आफ्नी छोरी मरेकी मानूँ?”
एउटा गैर-सरकारी संस्थाले युद्ध पीडितहरूलाई राहत दिन पत्र काटेर बोलाएको रहेछ। मर्नेहरूको परिवारलाई केही नगद, कम्बल र थाल दिइएको रहेछ। अनि बेपत्ताको परिवारलाई कम्बल र थाल। खुट्टा दुखेर ढिलो पुगेकाले फूलमायाको भागमा एउटा स्टिलको थाल मात्र परेछ।
“गोपाल मैले त थाल मात्र पाएँ”, झ्ण्डै-झ्ण्डै रोइन् उनी। त्यसपछि त्यही थाल छातीमा च्यापेर हिँड्न थालिन्, मानौं त्यो नै कटकरी हो। छोरी केका लागि मारिई वा हराई उनले थाहा पाएकी थिइनन्। मा’वादी कार्यकर्ता भन्ने शब्द उनलाई बोझिलो भएको थियो। उनलाई भनियो पनि, “तपाईंकी छोरीले पार्टीका लागि ज्यान दिएकी छन्, पार्टीले हेर्छ तपाईंलाई।” तर, किन हो उनलाई केही पाइन्छ भन्ने विश्वास कहिल्यै लागेन।
सरकार र अन्य संघ-संस्थाले भटाभट राहत बाँड्न थाले। छिमेकीहरू कसैले १० लाख पाए त कसैले पाँच लाख! कसैले जागिर पाए। आत्महत्या गरेकाहरू समेत शहीदको सूचीमा परे, पारिए। कसैले बोराका बोरा चामल घर ल्याए। कसैले जस्ताले छाना टल्काए। पाउनकै लागि मानिसहरू बिस्तारै सदरमुकाम लिवाङहुँदै काठमाडौंसम्म आइपुगे। उनलाई पनि साँच्चै केही पाइनेरहेछ भन्ने लाग्यो।
यसरी एकाएक कटकरीको अन्तिम संस्कार गरेकी उनी काठमाण्डू जाने रटान लगाउन थालिन्, “गोपाल तँ जाने भइस्?”
“आमा म तीन दिनपछि हिँड्छु।”
“मलाई पनि लिएर जा न गोपाल।”
म छक्क परेँ। मलाई थाहा थियो, काठमाडौंमा उनको कोही छैन। भन्नलाई त प्रचन्न छन् भन्थिन्।
“किन जाने काठमाडौं?”, मैले जिस्क्याएँ, “प्रचन्नलाई भेट्न?”
“सके उनैलाई भेटौंला, नभए कोही त होला नि! कटकरी मरेकी हो। ऊ शहीद हो। मैले १० लाख पाउनुपर्छ।”
उनलाई यति गम्भीर कहिल्यै देखेको थिइनँ। उनका आँखाहरू स्थिर छन्। उनी रोएकी पनि छैनन्, बोलीमा दृढता छ।
“मैले थाल मात्र पाएँ। यहाँ बसँे भने अरू केही पाउँदिनँ। तँ काठमाडौं जाँदा मलाई पनि लैजा।”
“कटकरी भेटिई भने?”, मैले सोधेँ, “अब उसलाई खोज्न पर्दैन?”
“पर्दैन, ऊ मरेकै हो”, उनको आवाज चर्को भयो, “सारा गाउँलेलाई थाहा छ। मैले १० लाख पाउनै पर्छ।”
म अवाक् भएँ। अनि उनलाई छाडेर फुत्त हिँडेँ। आज अचानक यो रातमा उनलाई काठमाडौंमा यो रूपमा भेट्दा फेरि अवाक् भएको छु।
खाना बनाएर खुवाएँ। उनी कसरी यहाँसम्म आइन्, केही सोधिनँ।
“दुई जना मर्ने परिवारले २० लाख पाए”, एकाबिहानै निस्किनुअघि उनले सुनाइन्।
मैले उनलाई पछ्याउन सकिनँ। अचानकको उनको आगमनले म हतप्रभ छु। मैले उनलाई कसरी एक्लै बाहिर निस्कन दिएँ, होस छैन। उनी कहाँ जालिन्? के खालिन्? मेरो मस्तिष्कमा पक्षघात होला जस्तो भो।
बेलुका आठबजे रमलाले डोर बेल बजाउँदा म फूलमायाको खोजीमा निस्कने तयारीमा थिएँ। रमलालाई फूलमायाबारे धेरै कुरा थाहा छ। थाहा नभएको कुरा उनी काठमाडौंमा छिन् भन्ने मात्र थियो।
दुई दिनसम्म उनको पत्तो लागेन। प्रहरीमा लेखाएँ। तेस्रो दिन उनलाई टेलिभिजनमा देखेँ। शहीदकी आमा फूलमाया काठमाडौंमा, सरकारले राहत दिएन। समाचारको सार। प्रहरीले फोन गरेर तपाईंले खोजेको बूढी त शहीद परिवारको सङ्गठनको सम्पर्कमा रैछे भन्यो। भेट्न गएँ। साह्रोगाह्रो भयो भने मलाई फोन गर्नु भनेर आफ्नो नम्बर चिर्कटोमा लेखेर दिएँ।
एकसातापछि सङ्गठनबाट फोन आयो, “कटकरी त बेपत्ताको सूचीमा पो रैछिन्। तपाईंले नै सिफारिस गर्नुभएको रहेछ। फूलमायाजीले गाउँ नै फर्के ठीक होला। हामीले भन्दा मान्नुहुन्न। सम्झाइदिनुहुन्छ कि!”
उनले मेरो के सुन्थिन्, सम्पर्कविहीन भइन्। सब चिच्याइरहेका थिए― कटकरी शहीद होइन बेपत्ता हो, उनलाई खोजिनुपर्छ। कतिले मेरो समेत अन्तरवार्ता लिए। जुलुस लगेर सिंहदरबार घेर्ने फूलमायाको ल्याकत थिएन। उनी देखिन सुनिन छाडिन्।
“सारा गाउँलेले भन्दाभन्दै तिमीले किन उसलाई बेपत्ताको सूचीमा राख्यौ?” रमलाले औंला ठड्याइन्, “अब तिमी दिन्छौ उनलाई १० लाख?”
म नाजवाफ भएँ।
एकहूल मान्छे माइतीघरको अष्टमण्डलमा संविधान मागेर बसेका थिए। म कानमा इयरफोन घुसारेर समाचार सुन्दै त्यतैबाट अनामनगर जाँदैथिएँ। भाउजूले मारेकी नन्दलाई पनि शहीद घोषणा गरियो केही दिनदेखि यो समाचार बजिरहेको छ। शहीद घोषणा गराउन व्यापक नाराजुलुस भइरहेका थिए।
एकछिन उभिएर हेरेँ, भीड चिच्याइरहेको थियो, “पाउनै पर्छ, पाउनैपर्छ।” भीडमा अचानक फूलमाया देखिइन्, “हो पाउनै पर्छ, मैले पाउनैपर्छ।” एउटी बूढी मान्छे त्यसरी उत्तेजित भएर चिच्याउँदा साराले उनलाई घेरे। एउटा पत्रकारले सोध्यो, “तपाईं कहाँबाट?”
“रोल्पाबाट। कटकरी बेपत्ता होइन शहीद भएकी हो। मैले १० लाख पाउनुपर्छ। यी उसको रातो रिबन!”
भीड हिस्स पर्‍यो। बूढी खुस्किछन्, एक्लै छाडियो। म सडकपारिबाट हेरिरहेको थिएँ, हेरी नै रहेँ।
“गोपाल उठ्, उठ्” म साँझै सुतेको थिएँ। खाना पाकेपछि उठाउनु भनेकाले रमलाले उठाइन् होला भन्ने सोचेँ। तर आँखा खोल्दा कोठामा फूलमाया थिइन्। उनी क्रूद्ध देखिन्थिन्।
“गोपाल कटकरी मरेकी हो” उनी कड्किन्, “तैँले किन बेपत्ता भनेको? रातो रिबन त तैँले पनि देखेको थिइस्!” उनी झ्ण्डै मलाई लुछ्न आइसकेकी, रमलाले छेकिन्।
त्यसपछि उनी रुन थालिन्, “तैँले गर्दा मैले थालबाहेक केही पाइनँ।”
उनको शरीरबाट दुर्गन्ध आइरहेको थियो। रमलाले कतिखेर बाथरुम लिएर गइन्, मैले थाहा पाइनँ।
फूलमायालाई रमलाले कसोकसो फकाएर सुताइन्।
“तिमीसँग १० लाख छ ?” सुत्नेबेलामा रमलाले यसरी सोधिन् मानौं, मेरोबारे केही थाहा छैन।
“छैन”, मैले बहस नगरी सीधा जवाफ फर्काएँ।
“त्यसो भए भोलि बिहानै रोल्पा लाग। कटकरी मारिएको प्रमाणित गरेर आऊ। फूलमायाले १० लाख पाउनै पर्छ।”
“देशका लागि मर्नेको मूल्य १० लाख मात्र हो?” म बोलँ, “देशको हालत हेर, १० लाखका लागि यहाँ एकदिन बाउले छोरा मार्नेछ।”
“तिमीलाई के लाग्छ?” रमला कड्किइन्, “अब पनि कोही सित्तैँमा शहीद हुन्छन्? २००७ साल, २०१७ साल, २०३६ साल, २०४६ सालपछि पनि मान्छेको चेत खुलेन होला त? १० लाख एउटा सिनो हो, हाम्रो समाज गिद्ध। फूलमाया पनि यही समाजमा छिन्। बुझेकाले त लुछेका छन् भने उनले किन छाड्ने ?”
म फेरि रोल्पा जाँदैछु।
-कथा चौतारी
Powered by Blogger.

Stay Connected

Top Menu

Travel

Viral

Popular Posts

Fashion

Hot News

Contact Form

Name

Email *

Message *

top_rightads

Sidebar Ads