• जिबन यात्राहरुमा

                   संस्मरण

    नबराज बुढा नबिन उदासी
    'त्यसै साँच्चिएका छन्  ।।
    कयौं जीबन कहानी 
    आउनुहोस् सुरुवात गरौँ 
    उदास मनको जिबन कहानी। 

    पंक्तिबद्ध गरेर जिबनको हरेक मोडहरुमा सुख दुःख हुन्छ। त्यै सुख दु:खलाई कथा,कबिता आदीको आधार बनाएर साहित्यमा कथा, कबिताहरु लेखिन्छन्। कसैकेा यथार्थ हुन्छन त कसैको  काल्पनिक..। कसैले कल्पनाको  संसारमा हराएर लेखीएका हुन्छन भने कसैले  बास्तिक नै कथा, संस्मरण आदी लेखेका हुन्छन्। तिनै कथा ब्यथाहरुको  अभिन्न अङ्ग भनेकेा कबिता, गीत, गजल, इत्यादीहरुमा पर्दछन्। यस्तै धेरै साहित्यका बिधाहरुले दुखेको र तड्पीएकेा मनहरुलाई मल्हम पट्टीकेा अनुभुती र आभाष गराएको हुन्छ। यस्तै जिबन्त पल र जिबनका यात्राहरु गर्ने क्रममा कहिले उकाली त कहिले ओराली गर्दै, अनी कहिले भन्ज्याङ चौतारी हुँदै जिबनको आरोह अबरोहहरुमा आज कहिल्यै कल्पना समेत न गरेको  जिन्दगीको दु;खद घट्ना घट्न पुगे। त्यसैलाई आज यो उदास मन भित्र गुम्साएर राख्न कठिन भयेा।


    अनी तिनै दु:खद् घट्नाहरुलाई बाहिर ओकालत गर्न पर्यत्न गरिरहेकेा छु। अनी, त्यही बिगतकेा क्षेणहरुलाइ स्मरण गराउँदै यी मेरा साहित्यिक कलमहरुलाई अगाडी बढाउन गइरहेकेा छु। हुन त म एउटा कुनै बरिष्ठ साहित्यकार र बरिष्ठ समालेाचक त हेाइन। र पनी उनै बरिष्ठ साहित्यकारहरुले लिपिबद्ध गर्नु भएका साहित्यकारहरुको  केही शब्दहरुलाई सापती लिएर एक दुइ शब्दहरु लेख्न गइरहेकेा छु र लेख्दैछु। म एउटा साहित्य फाटँहरुमा बिल्कुलै नौंलो हुँ त्रुतीहरु भएमा आफ्नै सम्झिएर औल्याई दिनुहुन म स-हृदय देखी नै बिनम्र अनुरेाध गर्दछु आदरणिय मेरा सम्पर्ण पाठक बर्ग र लेखक बर्गहरुमा अबगत गराउन चाहान्छु।


    कुरा आज भन्दा ठिक दुई बर्ष पहिले हेा। जुन बेला म र मेरेा मन यती प्रफुल्लीत थियेा। सानो परिवारमा कहिले दु:ख त कहिले सुख गर्दै यसरी मेरा दिनहरु पनी बिट्दै थिए। तर के गर्नु समय सदैब एउटा गतीमा मात्र कहाँ हुँदेा रहेछ र ?  कस्तो बिडम्बना ! देशकेा बेरेाजगारकेा भुमरीमा परेर आफु जन्मे, हुर्केको ती रमयणीय पल र साथीभाइहरु सँगै हाँस्दै रमाउँदै बनपाखा, मेलापात गरेकेा त्येा स्मृतिको पलहरुलाई  सम्झी ल्याउँदा आज मन नै एकाग्रग भएर आउँछ। तर, आफ्नो मातृभुमीलाई  चटक्कै छोडी भुल्न बिबश भएर म बिदेशकेा यात्राहरुमा पाईला अगाडी बढाएँ। बिदेशमा गइ धेरै आम्दानी गरेर आफ्नो सानो पारिवारिक परिवारलाई चाँड़ो सुखै सुखको जिबन बिताउने कल्पना र सम्झनाका केही प्रतिबिम्बहरु मनभित्र सजाउँदै २०६५ पुस ९ गतेका दिन मेरेा बैदेशिक यात्रा मलेशियाको लागी उडान हुने अन्तिम मिती थियेा। काठमाण्डैाँकेा त्येा पुस माघ महिनाकेा चिसेा सिरेतेा सङ्गै जाडेामा कथ्याङ्ग्रीरिँदै लुक-लुक काम्दै नेपालको समय रातको ११:०० बजे तिर अन्टार्राष्ट्रिय त्रिभुवन बिमान स्थल काठमाण्डैाँ एयर पेार्टमा जम्मा भएर सबै साथीहरु जम्मा हामी १५ जनाकेा ग्रुपमा राती ११:०० बजे हाम्रेा मलेशियाकेा लागी हवाई यात्रा सुरु भयेा। काठमाण्डैाको त्यो शहर रातको समय भए पनी सबै ठाउँ राम्रै संग नियाल्न सक्न्थ्यो... रातको ११ पनी बज्यो। ११ बज्न साथ् हाम्रो हवाई यात्रा सुरु भयो। के गर्नु आफ्नो देश छोड्न त यो मन मानिरहेको थिएन। तर, गाउँका साथीभाई, घर आफन्तको मायाँलाई यो मेरो मुटुभित्र साँच्दै मैले नेपाल छोडेर आएँ... मन साह्रै नरमाईलोको अनुभूतिमा तरंगित थियो.. मनलाई एकोहोरो बनाउदै यात्रा अगाडी बढाएँ.. जहाजमा तनानतन हवाई यात्रुहरु थिएं बिभिन्न देशका बिदेशी पर्यटक र नेपाली यात्रुले तान्न भरिएको थियो। रातको समय कहाँ ? कति खेर हामीलाई
    करिब-करिब ५ घण्टा जतीकेा लामो हवाई यात्रामा मलेसिया स्थीत अन्ट्रार्राष्ट्रिय मलेशियाकेा राजधानी बिमान स्थल क्वालालुम्पुर मलेशियामा हाम्रेा हवाई यात्रा अबतरण भयेा। यहाँ आई पुग्दा बिहानको झुस्मुसे उज्यालो हुँदै थियो। पुर्ब क्षितिजमा लाली किरणले बिहानी पखको सङ्केत पनी दिई रहेको थियो। यस्तै  पछी उज्यालो पनि भयो। उज्यालो भए पछी कम्पनी लिडर र कम्पनी दाइरेक्टर उक्त बिमान स्थलमा गएर हामीलाई लिन आए.. आए पछी अब हाम्रेा यात्रा राजधानी क्लालालुम्पुर बाट कार्य स्थल सम्मकेा लागी सुरु हुन थाल्यो। राजधानी क्लालालपुर मलेशियाबाट साढे ४ घण्टाकेा लामेा दुरीको बस यात्रा पछी कार्यस्थलमा पनी आइयो। हाम्रेा कार्यस्थल मलेशियाकेा क्वान्तान पाहाङ स्थीत (टुनास मान्जा कम्पनी अफ रिटाइलिङ्ग ग्रुप एसडिएन.बिएचडी) मा ड्युती थियेा। नेपालमै हुँदा मलेसियन केहि हल्का भाषा पनी जानेको हुँदा त्यति सजिलो र राम्रै थियो ड्युती अप्ठेरेा थिएन। इज्युकटिभ डिपार्टमा डिपार्टमेन्टमा मेरो डिपार्ट परेको थियो ड्युटी पनी सबै सजिलो र हल्का थियो.. ड्युटी सजिलो भए पनी.. तर, आफ्नो ड्युटी उभिएरै १२ घण्टा बिताउनु पर्थ्यो.. कहिले काहीं यस्तो लाग्थ्यो- मलाई कसरी बिट्ला यो समय अनि म छिट्टै नेपाल फर्किन्छु। यस्तै यस्तै दिनहरु पनी बित्दै थिए। साथीभाइहरु सँग बन पर्देशमा कहिले धेरै रमाइलेा हुन्थ्येा त कहिले चकमन्न..।

    यस्तै दिनहरु बिट्दै जाने क्रममा मेरेा घरमा यती ठुलेा बज्रपात भएछ.. ! र मैले जिबनमा यस्तो बज्रपात हुन्छ भन्ने करा कहिल्यै सोँचेको र कल्पना समेत  गरेको थिएन। तर, आज मेरो जिबनमा ठिक यसै भै दियो। जे-जे सोँचेको थिएँ ती सबै नसेाँचेकै भयेा। जिबनमा यस्तेा हुन्थ्यो त म किन प्रबासी हुन्थे र ? आफुले आफुलाई प्रश्न गर्छु ! म किन प्रबासमै भैातारिन्थे ? बाबा आमाको असिम प्यार संगै हुर्किएकेा येा दुई दिने जिन्दगी प्रबासमा पहिले पहिले त घरकेा यादहरुमा कती धेरै तड्पीन्थे.. घरको नमिठो पल र यादले साह्रै नै सताउँदेा रहेछ। तर,पनी के गर्नु दैनिक आफ्नो नित्य कर्म ड्युतीमा नियमित गइ रहन्थे। कहिले काँही प्यारेा गाउँघर कतै फेरीयेाकी झैं भान हुँदा देख्न पाए हुन्थ्येा जस्तो लाग्थ्यो त्यो मेरो बादलपारीको सानो रमाईलो मेरो आफ्नै गाउँ ठाउँमा, मनमा यस्तै अन्यक तर्क बितर्कहरु पैडा हुन्थे, अनि, पकेट बाट मोबाइल झिकेर मोबाइलमा यहि गीत बजाउँछु.....


    "हरेक रात सपनीमा ऐठन हुन्छ,
    गाउँमा सायद पहिरो गयोकी" ?


      यस्तै गीतको मिठो भाका संगै ड्युतीमा बढी चाप हुँदा केबल सम्झिन्थे एकोहोरो मनलाई सुसेलेर बाबाले र आमाले दिएको ति शुभ आशिष। प्राण प्यारा बुवा आमाका आशिष हरुलाई मनन गर्दै यसरी नै अगाडी बढी रहेको थिएँ। एकै छिन भए पनी बर्तमान बाट फर्कीएर बिगतलाइ हेर्छु अनी सम्झन्छु उही मातृभुमी गाउँघरलाई। सायद, जिन्दगीगीमा पहिलो चोटी नै यति धेरै टाढाको यात्रा गर्नु परेर होला यति धेरै घरको सम्झना आएको अनि, नरमाइलो अनुभूति भएको भनि मनमा कुराहरु खेलाउँदै सोँच्छु। घरबाट निस्किँदा भित्र भित्र येा घाइते मुटु सारा सबै जली रहेकेा पनी थियेा। तर, के गर्नु मैले घर छेाड्नु नै थियेा आखिर ! यसैमा आमाले ती घरकेा आँगनी सम्म आएर भन्दै हुनु हुन्थ्यो- "टाढाको ठाउँ, बन परदेश.. राम्रेा सँग गएस् , आफ्नो स्वास्थ्यको राम्रो संग ख्याल गरेस्।


    साथीभाइहरु सँग मिलेर बस्नु, गाउँघर जस्तो हुँदैनरे प्रबास, छिट्टै घर परिवारलाई कहिल्यै टाढा भए पनी चटक्कै नभुल्नु समय समयमा फुर्सद मिलाएर बेला बखत फेान गर्दै गर्नु" अनि, त्यस्तै बुवाले पनि त्यसमै एक/दुई कुराहरु भन्न खोज्दै हुनु हुन्थ्यो- छोरा हामी डुब्ने बेलाकेा घाम झैं अबस्थको घाम हौँ , अस्ताउने कहिले आज कि भोलि.. कसलाई थाहा हुन्छ र ? यो निष्ठुरी काल आँउछ भनेर। त्यसैले, तँ जा त्येा बिरानेा शहरमा गए पनी केही हद सम्म भए पनी म नभएको खबर पाइस् भने मेरो क्रिया, गर्न सम्म आउनु छोरा तँ नै हेास् मेरेा प्यारेा माइला छोरा भन्दै आँखाभरी आँशु बर्बर झर्दै भन्दै खुई... सुस्केरा हाल्नु भयो बाबाले । मेरा आँखामा पनि ती मोतिका दाना झैँ आँशुका धिकाहरु साहुने भेल झैं कता-कता बहन थाल्दै थिए। तर, एउटा छोरा भएर जन्मे पछी नामर्द त न हो तै पनि हिम्मत हारेर मन दुखाउनु हुँदैन भनेर मनलाई दह्रो बनाएर सम्हालेको थिएँ। आमा बुवाको नमिठो त्यो दृश्यलाई देखेर आउँन त मन कहाँ थियो र ? यो मनले नमाने पनि के गर्नु त्यो दिनको सम्झना आउँछ र पिरोल्छ यो छाती अनि, दुखाउँछ आत्मग्लानी।


    प्रबासमा त्यहि आज बिगतमा बल्झेको घाउलाई आज खोतल्दै छु। कहिले काहीँ गाउँघर र परिवारको यादले साह्रै नै अत्यास, सताउँदा घरमा बेला बेला फोन लगाउँदै घरमा परिवार सँग मिठो बातचित हुन्थ्यो। बिस्तारै दिनहरु पनी बिट्दै गए र समयले पनी बिस्तारै कोल्टो फेर्दै गयो। म पनी प्रबासमा रामै सँग जिबनयापन गर्दै मेरेा सबै दिनचर्याहरु यसरी नै ब्यतित हुँदै थिएँ। तर, के थाहा मलाइ घरमा त्यती ठुलेा दु:ख परेछ भनी... ! जुन दीन मैले आफ्नो बुवालाई यस संसार देखी कहिल्यै नभेट्ने, कहिल्यै नदेख्ने ठाउँमा गुमाएछु। त्यो दिन म ड्युटीमा थिएँ। घरबाट एकदमै फोन आइरहेको थियो। तर, म ड्युतीमा भएका कारण मैले घरको फोन उठाउन सकिनँ। राती ड्युती सकिएपछी फोन आउन पनि बन्द भयो। मैले भने आफ्नो ड्युती नियमित रुपमा नै गर्दै आइ रहेको थिएँ। केही बर्ष पहिले आउनु भएका प्युठान खुङ्ग गा.बि.स निबासी आत्मीय दाई हुनु हुन्थ्यो त्यहाँले मलाइ धेरै मायाँ गरेर मान्नु हुन्थ्यो।


    उहाँको नाम नोज बहादुर के.सी.  थियो। के.सी दाई भने पछी नेपाली सबै र कम्पनीका अफिसरहरु सबैले चिन्थे उहाँलाइ। हाल उहाँ ४८ बर्षको भै सक्नु भयो। यती बृद्ध मान्छे प्रबासमा बस्नु पर्ने आखिर के थियो होला ? भन्दै मैले सोच्ने गर्थे। उहाँ नै बुवा झैं लाग्थ्यो मलाई। मलाई एउटा जन्मदिने बाबुले जती मलाई प्यार गर्नु हुन्थ्यो। प्रबासलाई कर्मथलो बनाएर परदेश छिरेको अहिले त ६ बर्ष जती हुन आँती सक्यो। तर,पनि उहाँ अझै प्रबासमै हुनु हुन्छ। हरेक मान्छे अनुसार मान्छेका बिभिन्न इच्छा अबिलाशाहरु हुन्छन्। र उहाँले पनी त्यस्तै आशा र अबिलाशाको प्रतिबिम्बले गर्दा नै प्रबासमा लामो समय सम्म बस्नु भयो होला। पछिको आफ्नो भाबी सन्ततिको लागी केही सोँचेर नै होला ५/६ बर्ष सम्म प्रबासी जिबन बिताउनु भएको।  मैले उहाँ संग नै सबै दिनचर्या ड्युटी अलवा छुट्टीको दे मा पनि उहाँ संगै बिताउंठे.. त्यहि दाई संग बसेर म छिट्टै सबै संग मलाया, चाईंजी संग पनि घुलमिल गर्न सकेको हुँ। मैले उहाँ संगै बस्दा देखि नै साहित्य सिर्जना गर्न सुरुवात गरेको हुँ। त्यो बेला म पनी मलेशियाको लागी बिल्कुल नौलो थिएं..मलेशियामा पनी बिभिन्न साहित्यिक संघ संस्थाहरु पनी खुलेका रहेछन् पछी म बिस्तारै घुलमिल गर्दै जाँदा सबै कुरा थाहा पाएँ- मलेशियाको लागी एउटा एउटा संस्था छ 'उदाउँदो तारा साहित्य समाज पेनाङ, मलेशिया' जून संस्था हाल सम्म पनि रहँदै आई रहेकोछ।

    म त्यो संस्थामा लागेर घुलमिल गर्न संयोग नमिले पनी त्यो संस्थाले प्रकाशन गरेको बिभिन्न साहित्यिक किताबहरु पढेर म धेरै रमाउंठे। पछी आएर मैले पनी सबै कुरा बुझेर एउटा संस्था खोलें.. तर, संस्थामा आबद्ध हुने कोही पाउन सकिएन... त्यसैले गर्दा नै 'बिब्म साहित्य संगालो पाहाङ, मलेशिया' पछी परेकोछ। अब यहीं संस्थालाई केही साथीहरु बनाएर अगाडी बढाउने नै छौं।  म पनी साहित्यको बिभीन्न विधामा रमाउने मान्छे आज त्यहीं संस्थामै लागेर कृति पनी निकाल्दैछु साहित्य सिर्जनामा धेरै गजल लेखेको हुँदा त्यै गजलाई आकार दिएर 'एउटा परदेशीको सपना' नामक गजल संग्रह निकाल्ने तयारीमा छु।यस्तै छ परदेश कहिले सुख त कहिले दु:ख ! यी सबै बेदनाहरुलाई सामाजिक संजाल फेसबुकका साथीहरुलाई संचार प्रबिधि संग सेयर गर्दा केही हद सम मन हल्का हुने गर्दछ।

    यसरी परदेशमा मलाई जस्तो अरु कसैलाई पनी यस्तै भएको हुन् सक्छ। यो समय धन, पैसाले आफ्नो बाबा, आमाको अमुल्य मायाँलाई भुल्ने समय होइन रहेछ भन्ने मलाई यथार्थ साबित भयो। त्यसैले प्रबासमा बसी गाउँघरलाई भुल्ने ओखती नखाएर अब छिट्टै नयाँ नौलो उमंग लिएर म छिट्टै नेपाल फर्किंदैछु। नेपाल आमाले बाटो कुरेर बसी रहेकी हुने छिन। बृद्ध ति आमाले छोरा मुग्लान बाट कहिल्य आउँछ भन्दै दिन गनी रहेकी हुन्छन होला ?  डुब्न लागेको त्यो अस्ताउने घामको झुल्को संगै बिहान बेलुका ईश्वर संग दुई हात जोडी प्रार्थनाको दुई हातहरु उठाई रहेकी छिन आज नेपाल आमा । त्यसैले, प्रबासीएका हामी सबै नेपालीहरु आफ्नो जन्मभूमिमा फर्कियौँ। प्रबासको यो बिरानो ठाउँमा बस्नाले नै आज मेरो जिन्दगी टुहुरो भैदियो। घर परिवारको बारेमा र पछी आफ्नो भाबी सन्ततिको लागी केहि होलाकी भनेर झिनो आशाको त्यान्द्रो बोकेर बिदेसिएका मेरो जिबन आज प्रबास प्रबेस गरेको प्रथम बसन्त बाट नै जिन्दगी सुख्खा मरुभूमिको बगरमा परिणत भई दियो। प्रबास आएको भर्खर नौं महिना मात्र भएको थियो।
    त्यो दिन मैले घरको फोन रिशिभ गर्न नसके पछी मैले फोनमा क्रेडित पनी नभएको कारणले म्यानेजरलाई नजिककैको डीजी पसलमा रिचार्ड कार्ड किन्न जाने अनुमती मागेँ। मानेजरको अनुमती पश्चात् नजिककैको एउटा डिजी पसलमा गएर डिजी रिचार्ड कार्ड किनेर हतार-हतार रुममा गएर ड्रेश परिबर्तन गरी घरमा फोन लगाएँ।  तर, त्यो दिन फोन नै लागेन। केबल युजर बिजी छ, ट्राई अगेन लेटर मात्र भन्थ्यो। घरमा फोन लगाउने हर प्रयास गरेँ। तर, खै ! किन त्यो दिन फोन नै लागेन। पछी फोन नलागे टीभी खोलेर रेस्लीङ्ग हेर्न थालेँ। एकै छिन पछी काठमाण्डैाबाट चेतन दाईले फोन गर्नु भयो। दाईको फोन खुशी हुँदै फोन उथाएँ। दाईलाई दर्शन गर्दै, दाई संग सबै कुरा सोधेँ र आफु पनी यहाँ आरामै रहेको जानकारी दिएँ। चेतन दाई पहिले फोन गर्दा सधैँ हाँसेर मात्र बोल्नु हुन्थ्यो। तर, त्यो दिन मैले दाईको आवाज पहिले भन्दा अलिक फरक पाएँ।

    आवाज, बोलीमा केहि हतार, आत्तिय झैं भान थियेा। मलाई यस्तो लाग्थ्योकी दाई आज कुनै काम बाट ठाक्नु भएछ जस्तो.. तर, यथार्थ त्यो होइन रहेछ। मैले दाईलाई प्रश्न गरेँ। दाई, हजुरलाई कुनै सन्चो त छैन ? किन अलिक दु:खी भए झैँ लाग्छ भनेँ। 'भाई मलाई कुनै त्यस्तो केहि पनी छैन'। तिमी धेरै मन नदुखाउनु.. तिम्रो घरमा ठुलो बज्रपात पर्यो.....। तिम्रेा घरमा ठुलो कालो बादल मडारीएर आयो। र तिम्रेा बुबालाई पनी साथ्मै लगेर गयो। आज तिम्रो सानो परिवारलाई तहस नहस बनाई दियो। तिम्रो बुबालाई आज दुनियाँ देखि दैबले उठाएर लगे..। दाईले, यत्ती कुरा मात्र के भन्नु भएको थियो। म छाङ्गाबाट खसे जस्तै भएँ। आफुले टेकेको त्यो पृथ्वी पनी कुनै ठुलै हेक्टरको भुँई चालोले सारा जमिन हल्लाए झैँ हल्लियो। मेरो होस् हराउन पुगेछ..। म सोचमग्न भएँ। पछी धेरै बेर पछी अलिक केही होसमा आफुलाई पाएँ। र मलाई दाईले भनेको सबै त्यी कुराहरु कुनै सपना देखे झैं लाग्यो। मलाई बिश्वास लागेन। हिजो भर्खर मात्र जिबनको  ४० सौं बसन्तमा पुगेको मेरो बुवा ! यती कलिलो उमेरमा केहि लाउँला  खाउँला भन्ने अबस्थामा साँच्चीकै नै मेरो बुवालाई दैबले उठाएर लगेछ। सबै यथार्थ नै रहेछ त्यो सबै कुरा। पछी घरमा फोन लगाएँ। त्यी सबै कुराहरु पछी दाईले घरबाट बताउनु भयो।

    मलाई यो संसारमा एक्लै भएको झैं अनुभुती प्रकट भयो। आखिर मलाई मायाँ गर्ने बुवाको त्यो अन्तिम मुख सम्म देख्न पाईँन। बुवालाई काँधमा काध हाल्न पनी पाईँन, मलाई जन्म दिने बुवाको क्रिया पनि बस्न पाईँन। यो दुई दिने जिन्दगी नै प्रबासमा एक्लै एकान्त सबै एक्लो र उराठ लाग्न थाले। जिन्दगीमा साँचेका सबै सपनाहरुको महल पनि एक आपसमा ठोकिँदै ठोसीँदै  बिना कसुर झर्याम झुरुम सबै फुटेर गए। आफ्नो मनलाई सम्हाल्न सकिन। कसलै सानोमा पिट्दा कुट्दा कहिल्यै आँशु नझर्ने यी मेरा आखाहरू बाट बलिनधारा आँशुहरु झर्न थाले। मायाँ भन्ने चिज के होला ? यो मायाँ भन्ने चिज अरु सबै बाट प्राप्त गर्न सकिँदो रहेछ। तर, साँच्ची यो जगतमा आज/भोलि कती हेरे मानिसहरु टुहुरा भएका छन्। तिनीहरु सबेलै कतै किनेर मागेर पाउने भए त माग्थे होला आमा बाबाको मायाँ किन्थे होला। तर, सकिँदैन्, सम्भब छैन।

    बाबाको देहान्त हुँदा म प्रबास आउँदा। आखिर कस्तो बिडम्बना, बाबाको इच्छा र चाहना पुरा गराई दिने धोको आज सबै अधुरै रह्यो। आज मेरो सपना सबै अनयास  सपना सबै उदायो हुरीले। यसरि आज जिबनमा मैले जे-जे सोँचेको थिएँ, ति सबै अपूर्ण भएर बिलाइ गए सबै परदेशमा। आज/भोलि यो एक्लो टुहुरो जिबन जिउन पनि गार्हो लाग्छ। आखिर! यी सबै दैबले पनि दु:खीहरुका  लागी मात्र षड्यन्त्र गर्दो रहेछ, परिवारको जुन आफ्नो मेम्बर हो, त्यो अगुवा नै नभए पछी। तर, जे जस्तो  भए पनी यो मान्छेको दुई दिने चोलाको जिबन यस्तै हुँदो रहेछ। नौं नौं महिना सम्म  आमाको न्यानो कोखमा हुर्किदैँ लडिबुडी बामे सर्दै आफ्नो नयाँ जिबनको सुरुवात  यसरी हुँदो रहेछ। गास, बास, कपास आदिको महत्व संगै हुर्किएको यो बालापन एक्कासी सबै जान्ने र बुझ्ने भए पछी त्यहि जन्म दिने आमालाई धरि-धरी रुवाउन बिबस किन हुन्छौं हामी ?  हामी सबै नेपालीहरु अब प्रबास बाट आफ्नै गाउँघर जाउँ। आखिर! जन्मिएर यो धर्ति एक दिन अबश्य छोड्नु पर्दो रहेछ।  मरे पछी खाली रित्तो हात मात्र मरे के लानु रै'छ र ? यो संसारमा जीवित आत्म रहुन्जेल मात्र रहेछ, हाँस्नु रमाउनु आदी सबै। यस्तै जिबनको अबिश्मरणिय क्षेण २०६५/०५/०६ शनिबरको दीन ठुलो बज्रपात पर्यो। त्यहि दु:खद् घट्नालाई एउटा संस्मरणको नाममा मनभित्र भएका जति सबै पिडाहरुलाई पोख्न पाउँदा लेखेर सबै सबैलाई बाँढ्न पाउँदा केहि हल्का महशुष गरेको छु। स्वर्गीय बाबालाई यो प्रबासको बिरानो भुमी बाटै भए पनी दुई थोपा आँशुहरु श्रद्धान्जली अर्पण गर्दछु।।
                 
                                 बुढागाउँ-७ चक्री, रोल्पा
                                  हाल:प्रबासी भूमिमा
  • GET A FREE QUOTE NOW

    Coming Soon ....

    ADDRESS

    Tribeni Gaunpalika 4 Rolpa

    EMAIL

    nbnabinudasi@mail.com
    navarajbudha.com.np@mail.com

    TELEPHONE

    9810851804
    01128626831

    MOBILE

    9810851804
    01128626831