• उपन्यास। बाल साहित्य

    शर्मिला खड्का (दाहाल)

    बालमनोवैज्ञानिक उपन्यास "सानी" बाल उपन्यास, बालसाहित्य



    सानी र बादल
    तर्राईको मौसम । भर्खर जेठ महिना लागेको । दुइँ दिनको वषर्ापछि दिनले घुम्टो उघारेको । सानी बिहान चाँडै उठिन् । हातमुख धोएर चिया खाईवरी बाहिर निस्किन् । शनिबारको दिन थियो । शनिबार सानी सधैँ मन्दिर जान्थिन् । उनी आठ-नौ वर्षी चञ्चले स्वभावकी केटी थिइन् । उनी चञ्चले भईकन पनि कसैलाई दुःख दिन्नथिन् । सबै उनलाई माया गर्थे । उनी पनि आफूभन्दा ठूलालाई आदर, सम्मान गर्थिन् । आफूभन्दा सानालाई माया गर्थिन् ।

    सानीले अलिकति फूल टिपिन् । हातमा फूल बोकेर उनले यसो आकाशतिर उँभो मुन्टो लगाइन् । "आहा आजको दिन कति रमाइलो छ उँ उनले सोचिन् । आकाशमा बादलहरू तँछाडमछाड गर्दै दगुरिरहेका थिए । दिन अलिक धुम्मिएको थियो । सानी बादलसँगसँगै मन्दिर पुगिन् । मन्दिरमा फूल चढाएर ढोगिन् अनि बाहिर निस्केर हेरिन् । अघि आफूसँग दगुरेको बादल धेरै टाढा पुगिसकेको थियो । सानीले सोचिन् सायद यो बादल दगुरेर काठमाडौं पुग्छ होला । उनलाई काठमाडौं धेरै टाढा छ भन्ने लागेको थियो ।
    उनकी मम्मी उनीसँग थिइनन् । उनी सानै छँदा उनकी मम्मीले छोडेर धेरै टाढा गइन् अरे । उनको लालनपालन उनकै हजुरआमाले गरिन् । उनी हजुरआमालाई नै आमा भन्थिन् । कहिलेकाहीँ सबैले मम्मी भनेको सुन्दा उनलाई पनि मम्मी भन्न मन लाग्थ्यो । त्यसैले उनी हजुरआमालाई कहिलेकाहीँ आफ्नो मम्मीको बारेमा सोध्थिन् । हजुरआमाबाट उनकी मम्मी आकाशमाथि उडेर गई भन्ने जवाफ पाउँथिन् । अनि बाबासँग पनि सोध्थिन् काठमाडौं गएकी छे, भोलिपर्सि आउँछेँ भन्ने जवाफ पाउँथिन् । उनलाई थाहा थिएन उनकी मम्मी कहाँ गइन् र किन गइन् भनेर ।
    सानीलाई कहिलेकाहीँ मम्मीको सम्झनाले साह्रै सताउँथ्यो । सबैजना आ-आफ्ना मम्मीलाई बोलाउँथे । उनले कसलाई मम्मी भन्ने - सानी धेरै बेर आकाशमा हेरेर टो˜लाइरहिन् । कतै मम्मीको अनुहार देखिन्छ कि भनेर । अन्तमा केही सीप नलागेर घर फर्किन् ।
    सानीले घर फर्केर हजुरआमालाई सोधिन्-"आमा, यही बादलले उडाएर हाम्रो मम्मीलाई लगेको हो - हजुरले नै भन्नुभएको हैन "तेरी मम्मी आकाशमा गएकी छ भनेर -" हजुरआमाले झर्केर जवाफ दिइन् "जा तेरो बाबालाई सोध ।" सानी आफ्नो बाबा भएठाउँ गइन् । अनि सोधिन्, "बाबा, हाम्रो मम्मीलाई यही बादलले उडाएर काठमाडौं लगेको हो -"
    बाबाले निकै बेर सानीको मुख हेरेर भने, "हैन छोरी, त्रि्रो मम्मी हामीसँग धेरै धनसम्पत्ति नभएर छाडेर अन्तै हिँडेकी हो ।"
    "बाबा, अनि मेरो मम्मीलाई मेरो माया लाग्दैन ।" सानीको कुरा सुनेर बाबाले मायालुभाव भने, "लाग्दैन होला ।"
    सानीलाई आफ्नो मम्मीले छोडेर जाँदा किन माया नलागेको होला भन्ने कुराले चित्त दुखाउँथ्यो । उनले आफ्नो कोठामा गएर खाली पानामा यसरी लेखिन्- "प्यारो मम्मी, हजुर मलाई छोडेर काठमाडौं जानुभयो रे, किन - तपाईलाई मेरो माया लाग्दैन - म तपाइलाई कति सम्झीरहन्छु । तपाइ चाडै आउनू, ल -"
    सानी फेरि बाहिर बरन्डामा आइन् । हावासँगै आफू पनि उफ्रिन्, हावाले उडाएर लैजाओस् भनेर । तर किन लान्थ्यो उ त्यसपछि अघि आफूले लेखेको पाना हावामा उडाइन् । उनले मनमनै भनिन्, "चाँडै मेरो मम्मी भएठाउँमा पुर्‍याउनू है, हावा दाइ र हावाले पनि बुझेजस्तो गरी त्यो पाना धेरै टाढा पुर्‍यायो । सानी खुसी भइन् ।
    सानी हलुङ्गो मन लिएर खेल्न घरबाहिर निस्किन् । सुरेश आफ्नो घरमा साबुन र पानीको फोका बनाएर उडाउँदै थियो । "सुरेश, मलाई पनि देऊ न, फोका उडाउन सानीले इच्छा व्यक्त गरिन् ।
    "हुन्न, हुन्न । यो फोका उडाउँदा कस्तो मज्जा आउँछ, म दिन्न । सुरेशले आफूमात्र खेल्ने विचार गर्‍यो । "देऊ न, देऊ हाम्रा घरमा आपका चिचिला छन् । म तिमीलाई ल्याइदिउँला ।" सानीले लोभ देखाएर भनिन् ।
    "आपका चिचिला खायो भने पेट दुख्छ । बरु पाच रुपिया देऊ, म सबै दिउँला ।" सुरेशले अर्को प्रस्ताव राख्यो । सानीले बोतलसहित फोका उडाउन पाइने हुनाले "हुन्छ" भनिन् अनि कुदेर घर आइन् । हजुरआमालाई खोजिन् । उहा त्यहा हुनुहुन्नथ्यो । अनि बाबासगै पैसा माग्न पुगिन् । "बाबा, पाच रुपिया दिनुहोस् न ।" सानीले बिस्तारै भनिन् ।
    "के गर्न -"बाबाले झर्केर भने । सानी डराइन् । उनी फेरि बोल्न सकिनन् । उनी रुन थालिन् मम्मीलाई सम्झेर । सानीका बाबालाई दया लागेर आयो । उनले खल्तीबाट पाच रुपिया झिकेर दिए ।
    सानी पाच रुपिया लिएर खुसी हुदै सुरेश भएठाउँमा गइन् । सुरेशले पनि पैसा पाउनासाथ त्यो बोतल दिइहाल्यो । सानी एक छिन फोका बनाएर उडाउन थालिन् । केही बेरपछि पाच रुपियाको माया लागेर आयो उनलाई । अनि के गरी आफ्नो पैसा उठाउने भनेर सोच्न थालिन् । उनी निक्कै मजाले हावामा फोका बनाउँदै उडाउन थालिन् । उनी आफ्ना साथी शोभा, स्मृति, रमा आदि भएठाउँमा गएर फोका बनाउँदै उडाउन थालिन् । सबैले उनले रमाई-रमाई खेलेको देखेर माग्न थाले । सानीले पनि पैसा उठाउने जुक्ति निकालिन् र भनिन्- ँजस-जसले एकएक रुपिया दिन्छ म उसैलाई फोका उडाउन दिन्छु ।"
    सानीको कुरामा सबैले सहमति जनाए । अनि सानीले सबैसग पैसा उठाइन् । उनले आफ्नो पाच रुपिया हात पारिन् । सानीले सबैलाई अघाउन्जेल फोका उडाउन दिइन् । सानी पैसा र बोतल लिएर घर आइन् । सानीले अघि बाबासग मागेर लगेको पाच रुपिया बाबालाई नै बुझाइन् । उनले बोतल आफूसग राखिन् । यसरी सानीले पैसा पनि फर्काएको अनि बोतल पनि ल्याएको देखेर उनका बाबा खुसी भए ।

    सानी र बिहेको कुरो
    बेलुका सानीको परिवार खाना खाईवरी सुत्न तरखर गर्न लागे । सानी हजुरआमाको खाटमा पल्टेकी थिइन् । हजुरआमा र उनका बाबा घरायसी गफ गर्दै थिए । केही छिनपछि सानी निदाइन् ।
    हजुरआमाले सानीलाई हेर्दै भनिन्- ‘हेर् बाबू, आजकल सानी अर्कै भएकी छे । त्यति धेरै कोहीसग बोल्दिन । एक्लै केके सोचेर बस्छे । खालि त्यसकी मम्मीको कल्पना गर्छे अनि खालि त्यसकी मम्मीको बारेमा कुरा गर्छे अब त बुझ्ने पनि भई । म पनि घरव्यवहारले त्यति साह्रो हेर्न भ्याउँदिन । त पनि जागिर खाएर आउँछस्, थाकेर सुतिहाल्छस् ।'
    'आज मैले बारीमा एउटा चिठ्ठी भेट्टाएँ । सायद यसले मम्मीलाई लेखेको हुनुपर्छ । हेर् त उँ हजुरआमाले ओछ्यानमुनिबाट एउटा चिठ्ठी झिकेर उनका बाबाको हातमा राखिदिदै भनिन् । उनले त्यो चिठ्ठी पढे । "अब के गर्छस् , अर्को बिहे गर् । आखिर तलाई पनि श्रीमती नभई हुदैन । यसलाई पनि मम्मी चाहिएको छ । गतिली केटी बिहे गर्नुपर्छ । त्यसले यसलाई पनि बुझोस्, यसको भावनामा ठेस नपुर्‍याओस् । सानीका हजुरआमा र बाबाले यसरी सानीलाई अर्की मम्मी ल्याउने सल्लाह गरे ।
    सानी भोलिपल्ट बिहान सबेरै उठिन् । हातमुख धोएर खाजा खाइन् । केही छिनपछि पढ्न बसिन् ।
    "सानी ए सानी" उनका बाबाले बोलाए ।
    "हजूर" भन्दै बाबा भएठाउँ गइन् । बाबाले उनको मुख हेर्दै भने -"सानी त्रि्रो मम्मी अब चाडै आउँदै छिन् । तिमीले पीर नमान्नू, है -" सानी खुसीले झन्नै बुरुक्क उपmेकी, फेरि धर्ैय लिदै सोधिन्- "कहिले आउनुहुन्छ बाबा, मेरो मम्मी -"
    "त्रि्रो मम्मीलाई धेरै गरगहना लिएर जानर्ुपर्छ अनि मात्र आउँछिन् ।" बाबाले भने । त्यसो भए चाडै बजार गएर धेरै सामान किनेर ल्याऔ अनि मम्मी लिन जाऔ, हुदैन र बाबा -" सानीले हास्दै भनिन् । खुसीले सानीका खुट्टा भुइँमा थिएनन् ।
    "त्यति चाडै कहा हुन्छ र - सबै कुरा मिलाउनर्ुपर्छ । त्रि्री मम्मी लिन धेरै मानिसहरू जानर्ुपर्छ । नत्र उनी आउन मान्दिनन् ।" बाबाले भने ।
    "म पनि जान्छु है बाबा मम्मी लिन -" सानीले इच्छा व्यक्त गरिन् ।
    "हुदैन, तिमी सानै छौ । सानो मान्छे किन ल्याएको भनेर त्रि्री मम्मी रिसाउँछिन् ।" बाबाले भने । सानीले मन खुम्च्याइन् । जान नपाए पनि अब मम्मी भन्न पाइने भयो भनेर धेरै खुसी भइन् ।
    सानी आफ्नी मम्मी अब चाडै आउँछिन् भनेर साथीहरूलाई सुनाउन गाउँतिर लागिन् । रमा, स्मृति, शान्ता र अरू साथीहरू खेल्दै थिए । उनले गएर भनिन् "बुझ्यौ तिमीहरूले, अब चाडै मेरी मम्मी आउनुहुनेछ । अनि मलाई मम्मीले कति माया गर्नुहुन्छ । बुझ्यौ -"
    "ल भैगो, तेरी मम्मी तेरो बाबा र तलाई छोडेर गएकी, कसरी आउँछे -" स्मृतिले सानीको मन बिझाउँदै भनी ।
    "तेरा बाबाले त अर्कै मम्मी लिएर आउने र,े बुझिस् - हाम्री मम्मीले भन्नुभएको । आफ्नो मम्मीजस्तो अर्को मम्मी कहा हुन्छ र - अर्काको मम्मीलाई "सौतेनी आमा" पो भन्छन् रे बाबै रमाले भनिन् । उनी अलिक ठूली थिइन्् ।
    सानीलाई चित्त दुखेर आयो । अब सानीलाई सहीनसक्नु भयो । उनी त्यहाबाट खुरुक्क घर आइन् । उनी रुदै बाबा भएठाउँमा गइन् । अनि बाबालाई सोधिन् -"बाबा हजुरले मेरो आफ्नो हैन अर्कै मम्मी ल्याउने रे हो - रमाहरू सबै त्यसै भन्छन् ।"
    सानीको कुरा सुनेर उनको बाबा एक छिन टोलाए । उनले सानीलाई फकाउँदै भने -"हेर सानी, तिमी रामं्री छौ, त्रि्रो पढाइ राम्रो छ । त्रि्रो बानी राम्रो छ । यस्तो राम्रो मान्छेले अरूको नचाहिदो कुराको विश्वास गर्नु हुन्न ।" सानीले बाबाको कुराको विश्वास गरिन् । अनि आफ्ना छुच्चा साथीहरूसग खेल्न नजाने विचार गरिन् ।

    सानी र कविता प्रतियोगिता
    सानीकी फुपू बालविधवा हुन् । उनी सानीहरूसँगै बस्छिन् । उनीले सानीको लालनपालनमा विशेष ध्यान पनि दिन्छिन् । उनी सानीलाई विद्यालय जाने बेलामा लुगाकपडा लगाइदिन्छिन् । सानीको परिवार मध्यमवर्गीय हुनाले सानी सरकारी विद्यालयमा नै पढ्छिन्। उनी कक्षामा सधै प्रथम हुन्छिंन् ।
    अर्कोदिन सानी चाडै विद्यालय जान तयार भइन् । त्यो दिन उनको विद्यालयमा कविता प्रतियोगिता थियो । उनले प्रतियोगितामा भाग लिन एउटा राम्रो कविता लेखेकी थिइन् । उनले फुर्तीसाथ खाना खाईवरी लुगा लगाइन् । हिड्ने बेलामा फुपू र हजुरआमालाई कविता सुन्न लगाइन् । उनी कविता पढ्न थालिन् ।
    "कविताको शीर्षक छ "आमाको माया"
    आनन्दमा डुब्न
    कुनै एक पल
    खोज्दै हिड्छु जब
    पाउँदिन त्रि्रो न्यानो काख ।

    आमा तिमी हौ रे
    मायाकी खानी
    हेर न मलाई
    आफ्नो घुम्टो उघारी ।

    सारा सुखसयल
    तिमीभित्र हुन्छन् रे
    त्रि्रो मायामा
    आफूलाई नै भुल्छन् रे ।

    सन्तान हु म
    आखिर त्रि्रो नै
    आउँदिनौ तिमी
    कुन संसारमा छौ -

    आऊ दुइँ हात फिजाई
    छोरी भनेर बोलाउनलाई
    आउन सक्दिनौ यहा भने
    लैजाऊ तिमीसगै मलाई ।

    कविता पढिसकेर सानी विद्यालय गइन् । उनको सानो प्राथमिक विद्यालयमा कवितावाचन कार्यक्रम सुरु भयो । उनले आफ्नो कविता मीठो शैलीमा भनिन् । सबैले उनको कविता रुचाए । उनी प्रतियोगितामा प्रथम पनि भइन् । सानी खुसी हुदै घर आइन् ।
    घरमा सबैलाई आफूले प्रतियोगितामा प्रथम भएर पुरस्कार पाएको खबर सुनाइन् । सबैजना खुसी भए ।
    भोलिपल्ट सानीलाई सुस्मिताको जन्मदिन पार्टी जानु थियो । "के उपहार लिएर जाने" सानीलाई पीर लागिरहेको थियो । उनी खाजा खाएर कोठामा गइन् । अनि अघि आफूले पाएको उपहार सजाएर राखिन् । उनी अरू सामान नियालेर हेर्न थालिन् । त्यति नै बेला उनकीे फुपू कोठाभित्र पसिन् । उनले भनिन्- "के हेरेकी, सानी -"भोलि सुस्मिताको जन्मदिन पार्टी, के उपहार लिएर जाऊ भनेर हेरेकी ।" सानीले उत्तर दिइन् ।
    फुपूले थपिन् -"के लिएर जान्छेस् कुन्नि उनीहरू धनीमानी छन् । हामीहरूले दिएको सामानले चित्त बुझाउँदैनन् होला । फेरि गाउँमा हटिया पनि लागेको छैन । के किनेर लान्छेस् त -"
    "हैन, किनेर किन लानु र, तपाईले बनाइदिनुभएको सानो पुतली छ नि, त्यही लिएर जान्छु । भइहाल्छ नि, हुन्न र -" सानीले सहमति मागिन् ।
    हुन्छ, त्यही लिएर जा न त । फेरि जादा विचार गरेर जानू नि । तिनीहरू गाउँका जमिन्दार हुन्, फेरि ठूलाबडा पनि ।" फुपूले सम्झाइन् ।
    "ठूलाबडा भनेर के हुन्छ र फुपू, म नचाहिने कुरामा डराउँदिन । चिन्ता नमान्नोस् न ।" सानीले फेरि थपिन् ।

    सानी र जन्मदिन पार्टीभोलिपल्ट सुस्मिताको जन्मदिन थियो । सानी सुस्मिताको जन्मदिन पार्टी गइन् । पार्टी राम्रा-राम्रा लुगा लगाएर धेरै मानिसहरू आएका थिए । सानी भित्र कोठामा गइन्, त्यहा सुस्मिता थिइनन् । अरू कसैले उनलाई वास्ता गरेनन् । उनी सुस्मितालाई सोध्दैखोज्दै भित्र पुगिन् ।
    भित्र कोठामा धेरै सामानहरू सजाएर राखिएका थिए । उनी ती सामानहरू हेरेर टो˜लाउन थालिन् । त्यहा अरू कोही थिएनन् । गुडिरहेको रेलगाडी, झुन्डिरहेको बादर, बाजा बजाइरहेको भालु, आदि धेरै खेलौनाहरू थिए । सानीले आफ्नो पुतलीलाई अरू खेलौनासग राखिन्, उनलाई उपहार नसुहाएजस्तो लाग्यो ।
    त्यत्तिकैमा सुस्मिताकी मम्मी कोठाभित्र पसिन् । सानीले हतार-हतार पुतली लुकाइन् । सुस्मिताको मम्मीले "को केटी हौ - के चोरेकी - भनेर हप्काइन् । सानीले पुतली देखाउन नै मानिनन् । सुस्मिताकी मम्मीले हल्लाखल्ला गरिन् । सबैजना भेला भए । सुस्मिताकी मम्मीले "के चोरेर लुकाएकी छ -" भनेर सबैलाई पोल हालिदिइन् । तर सानीले डर र लाजले त्यो पुतली लुकाएको लुकाएकै गरिन् । सुस्मिताकी मम्मीले त्यो पुतली खोसेर फ्याकिदिइन् । सुस्मिताले आफ्नो मम्मीलाई त्यसो नगर्न आग्रह गरिन् । अनि उनले त्यो पुतली टिपेर सानीलाई दिइन् । सुस्मिताकी मम्मीको व्यवहारबाट सानीलाई साह्रै चित्त दुख्यो । उनी रुदैरुदै घर आइन् ।
    घरमा कसैलाई पनि त्यो घटना सुनाइनन् । आज उनकी मम्मी भएको भए उनले यो दिन देख्नुपर्ने थिएन । मम्मीको कल्पना गर्दै उनी ओछ्यानमा पल्टिन् । निकै ठूलो साझ परिसकेको
    थियो । उनी रुदारुदै कतिखेर निदाइन्- कसैलाई पत्तै भएन ।

    सानी र परी
    सानी गहिरो न्रि्रामा परिन् । उनी सपनाको संसारमा डुल्न थालिन् । उनले सपनामा आफ्नी मम्मी परी भएर आएको देखिन् । उनलाई परी मम्मीले बोकेर धेरै टाढाटाढा घुमाउन लगिन् । सानी पनि खुसी हुदै परी मम्मीसँग गइन् । उनी राम्रा-राम्रा बगैचामा मीठा-मीठा फलफूल फलेका रुखहरू भएठाउँमा पुगिन् । त्यहा राम्रा-राम्रा फूलहरू पनि फुलेका थिए । त्यहा लहरामा खेल्ने पिङ पनि थियो । हात्ती, घोडा र अरू खेलौनाहरू धेरै थिए ।
    सानी ती खेलौनाहरू लिएर खेल्न थालिन् । एक छिनपछि परी मम्मी आइन् र सानीलाई सोधिन् - "सानी तिमी किन रोएर सुतेकी - तिमी रोएर सुतेकी देखेर मलाई माया लागेर तिमीलाई घुमाउन ल्याएकी हु ।" परी मम्मीको कुरा सुनेर सानीको मन अमिलो भएर आयो ।
    उनले परीलाई आफ्नै मम्मीसरह ठानिन् । अनि भनिन् -"परी मम्मी, मलाई सुस्मिताकी मम्मीले सुस्मिताको जन्मदिन पार्टी नराम्ररी बेइज्जत गरिन्, गाली पनि गरिन् । त्यसैले म रुदारुदै निदाएँछु ।" सानीको कुरा सुनेर परीलाई पनि दया लागेर आयो । उनले सानीलाई सुस्मिताको जन्मदिन पार्टी भएजस्तै खेलौनाहरू ल्याइदिइन् । उनले सानीलाई मीठा-मीठा खानेकुरा खान दिइन् ।
    सानी धेरै बेरसम्म खेलौनाहरूसित खेलिरहिन् । उनी एक्लै खेल्दाखेल्दा दिक्क मान्न थालिन् । अनि उनले परी मम्मीसग बिन्ती गरिन् । "परी मम्मी मलाई मेरा साथीहरू पनि बोलाइदिनोस् न । म उनीहरूलाई पनि यी खेलौना देखाउँछु । परी मम्मीले सानीको कुरा मनमा गुन्दै भनिन् -हेर सानी, यो परीको देश हो । यहा जो पायो त्यही मान्छे आउन पाउँदैनन् । त्यसैले तिमी त्रि्रा साथीहरू डाक्ने कुरा नगर । तिमीले राम्रो पढ्दै गयौ र यस्तै ज्ञानी हुदै गयौ भने यस्ता आनन्द आउने वस्तुहरू धेरै किन्न सक्छौ अनि साथीहरूलाई देखाउन सक्छौ । तिमी ठूलो मान्छे बन्न सक्छौ ।'
    परी मम्मीको कुराले सानीको हृदय छोयो । अनि उनले धेरै पढेर ठूलो मान्छे बन्ने मनमनै प्रतिज्ञा गरिन् । उनले परी मम्मीको कुरामा सहमतिको टाउको हल्लाइन् । परी मम्मीले सानीलाई आफ्नै घरमा पुर्‍याइदिइन् ।
    सानी बिहान उठ्दा उज्यालो भइसकेको थियो । सानीले उठेर यसो बाहिर हेरिन् । घाम निकै माथि आइसकेको थियो । अनि यसो टेबलमा हेरिन्, हिजो आफूले जन्मदिन पार्टी लगेको पुतली हासिरहेको थियो । सानीले जन्मदिन पार्टी कुरा बिर्सिदिइन् । परी मम्मीसग घुम्न गएको मात्र सम्झीरहिन् ।

    सानी र बिहे
    सानीको घरमा बिहेको दिन थियो । धेरै मानिस भेला भएका थिए । सबैजना राम्रा-राम्रा भएर आएका थिए । वातावरण नै रमाइलो भएको थियो । सानी पनि राम्रो लुगा लगाएर बसेकी थिइन् । सानीकी मम्मी घर आउने दिन सानी बिहानदेखि नै खुसी थिइन् । उनी ठूलो कौतुहलताका साथ प्रतीक्षा गरेर बसिरहेकी थिइन् ।
    झन्डै साझपख उनका बाबा मम्मीलाई लिएर आइपुगे । सानी हतारहतार गइन् मम्मीलाई हेर्न । उनलाई मम्मी असाध्यै राम्री लाग्यो । मम्मीसग के भनेर बोल्ने उनी टा˜लाउन थालिन् । त्यत्तिकैमा अरू मानिसहरूले वरिपरि र्घर्ेन थाले । केही छिनपछि सानी मम्मीको छेउमा गएर बसिन् । मम्मीसग बोल्ने चाहना मनमै थियो । बाबाले उनलाई छेउमा बोलाएर भने- "सानी, तिमीले त्रि्री मम्मी देख्यौ - कस्तो लाग्यो -"
    सानीले खुसी हुदै भनिन्- "राम्री लाग्यो र" बिहेको रमझम सकिदा निकै रात परिसकेको थियो । सानी मम्मीसग बोल्छु भन्दाभन्दै कतिखेर निदाइसकिछन् ।
    भोलिपल्ट बिहान सानी चाडै उठिन् । उनलाई तुरुन्त मम्मीको सम्झना भयो । अनि हातमा केही फूल टिपेर ल्याई मम्मीको कोठा बाहिर बसिरहिन् । उनकी फूपूले उनलाई देखिन् अनि सोधिन्, "सानी, यहा किन बसेकी, ह -"
    "मम्मीलाई फूल दिन" सानीले उत्तर दिइन् । फुपूले उनको मम्मीको ढोका ढक्ढकाएर ब्यूझाइदिइन् । उनकी मम्मी बाहिर निस्किन् "अहो सानी तिमी यति चाडैँ किन उठेकी ह -" मम्मीले सोधिन् । सानीले फूल दिदै भनिन् "आज शनिबार हो, मम्मी, हामी मन्दिर जाऊ हुन्न -" "हुन्छ नि, तिमी तयार भएर बस, म पनि एक छिनमा तयार भएर आउँछु । अनि सगै मन्दिर घुम्न जाऔला ।" मम्मीका कुरा सुनेर सानी खुसी भइन् ।
    सानी उनकी मम्मीको हात समाएर मन्दिर हिडिन् । बाटामा आफ्ना साथीहरूलाई भेट्दा उनी गजक्क पर्थिन् । आफ्नी मम्मीसग हिड्न पाउँदा उनलाई असाध्यै खुसी लागेको थियो । मन्दिरमा पूजा गरिसकेर र्फकदा बाटामा उनले फेरि सुरेशलाई भेटिन् । सुरेश एउटा टिनको बट्टामा पानी हालेर "फु मन्तर" भन्दै जादु देखाउँदै थियो । सुरेशका वरिपरि अरू केटाकेटी पनि थिए । सुरेशले सानीलाई बोलाएर भन्यो- "हेर् सानी, जादु, किन्छेस् - पाच रुपियामा -" सानीलाई त्यो जादु किनौकिनौ लाग्यो । अनि उनले मम्मीलाई भनिन्- "मम्मी, मलाई त्यो जादु किनिदिनोस् न र"
    मम्मीले भनिन्- "तिमीलाई म त्यस्तै जादुको डब्बा घरमा गएर बनाइदिन्छु, हिड ।" सानी मम्मीको पछिपछि घर आइन् । मम्मीले पनि एउटा खाली टिनको डब्बाको बिर्कोमा मसिना दूला बनाइन् । अनि मास्तिर एउटा सानो दूलो बनाइन् । टिनको डब्बामा पानी हालेर बिर्को लगाइन् । अनि घोप्टो पारेर सानो दूलो बन्द गर्दा पानी नआउने बन्द नगर्दा पानी आउने बनाइदिइन् । यसरी सुरेशले "फु मन्तर" गरेजस्तै जादु बनाइदिइन् । सानी असाध्यै खुसी भइन् । उनी त्यो टिनको डब्बा बोकेर सुरेशलाई देखाउन गाउँतिर लागिन् ।

    सानी र पैनी
    भदौ महिनाको अन्तिम समय थियो । कहिलेकाही पानी परे पनि त्यो दिन खुल्ला थियो । सानीको घरको छेउमा एउटा ठूलो पैनी थियो ।
    सानी र मम्मी पैनीतिर गए । सानीकी मम्मीले लुगाको पोको बोकेकी थिइन् । सानीकी मम्मी लुगा धुन थालिन् । सानी चङ्गा उडाउन थालिन् । सानी र मम्मी गफ पनि गर्दै थिए ।
    केही छिनपछि सानीको चङ्गा भुइमा खस्न आट्यो । सानीले भुइँमा नखसाउने प्रयास गरिन् तर चङ्गा उड्न छाडेर पैनी तिर खस्न आट्यो । चङ्गा खस्न आटेको देखेर सानीकी मम्मी कुदेर चङ्गा तान्न गइन् । चङ्गा तान्न खोज्दाखोज्दै सानीकी मम्मी पैनीमा परिन् ।
    सानीले हर्ेदाहेर्दै उनकी मम्मी पानीमा डुबिन् । सानी मद्दतका लागि चिच्याउन, कराउन थालिन् । सानी लर्ट्टाई रुयाकेर अरू मानिसहरूलाई गुहार्न थालिन् । त्यहा अरू मानिसहरू कोही थिएनन् । तर सानीले हार खाइनन् ।
    त्यही समय सानीका आखा मम्मीले लुगा धुदै गरेको ठाउँमा पर्‍यो । त्यहा उनले सारी देखिन् । अनि त्यही सारी तानेर मम्मीको हातमा रुयाकिदिइन् । त्यही छेउमा एउटा सानो रूख थियो । त्यही रूखमा लगेर सारीको अर्को छेउ बाधिदिइन् । सानीले पनि सारी तानिरहिन् । उता मम्मीले पनि सारी तान्दै किनारा आइन् ।
    निकै बेरपछि बल्ल सानीकी मम्मी सकुशल बाहिर आइन् । सानी धेरै खुसी भइन् ।
    मम्मीले आरुनो चङ्गा जोगाउन खोज्दा पैनीमा परेको हुनाले सानीलाई रिस पनि उठ्यो । अनि माया पनि लाग्यो ।
    'मम्मी मेरो चङ्गाको लागि किन यस्तो गर्नुभएको -' सानीले रिस र माया मिसिएको स्वरमा भनिन् ।
    'सानी म तिमीलाई मात्र हैन त्रि्रा सबै चीजलाई माया गर्छु त्यसैले' - मम्मीले गम्भीर भएर भनिन् ।
    मम्मीले आरुनो यतिबिध्न माया गरेको देखेर सानी अझ बढी खुसी भइन् । सानीले चङ्गा खेल्न छोडिन् । अनि दुवैजना भएर चाडै लुगा धोइसकेर घर फर्के ।
    घरमा सानीकी मम्मीले सानीले आफूलाई पैनीबाट बचाएको कुरा सबैलाई सुनाइन् । सानीको साहस र बुद्धि देखेर घरमा सबैजना खुसी भए । उनलाई घरका मानिसहरूले पैनी छेउमा चङ्गा खेल्न नजानू भन्ने सल्लाह दिए ।

    सानी र मम्मीको बिछोड
    केही समयपछि सानीका बाबाको सहरमा सरुवा भयो । सानीकी मम्मी पनि बाबासग सहर जाने भइन् । सुरुमा उनी सानीलाई छोडेर जान मानेकी थिइनन् तर उनका बाबा र हजुरआमाले ढिपी गर्दा जान तयार भइन् । सानी आफ्नो मम्मीले छोडेर जाने भनेदेखि चिन्तित छिन् । तिनलाई कोहीसग बोल्न मन लागेको छैन । उनी सबैसग रिसाउँथिन् ।
    एक दिन सानी आफ्नी मम्मीसग रिसाएर बोल्छिन् । उनकी मम्मीले चित्त दुखाउँदै सानीसग भनिन्- "सानी तिमी आजकल मसग रिसाएको रिसाएकै गर्र्छौ, किन ह -"
    सानीले उत्तर दिइन्- "मलाई पनि तपाईहरूसगै लानोस् न, हुन्न - अनि म रिसाउँदिन ।"
    "ए तिमी त्यसकारण रिसाएकी - त्रि्रो पढाइ बिग्रिन्छ भनेर हजुरआमा र बाबाले भन्नुभएर त हो नि तिमीलाई छोडेर कहा जान्छु र म त्रि्रो यो वर्षो पढाइ सकेपछि लगिहाल्छौ नि । अनि आमाछोरी सगै बसौला, हुन्न र -" सानीलाई मम्मीको धेरैजसो कुरा साचो लाग्यो । अनि उनले "हुन्छ" भनेर स्वीकृति दिइन् ।
    सानीकी मम्मी र बाबा उनलाई छोडेर गएको दुइँ हप्ता भइसकेको थियो । उनलाई घरमा बस्न नै मन लागेन । कहा जाऊ कहा भइरहन्थ्यो । उनलाई साथीहरूसग पनि खेल्न मन लागेन । पढ्न पनि मन लागेन । उनलाई विरक्त लागेर आउँथ्यो । हाट जादा, बारीमा जादा अनि मन्दिर जादा जतासुकै जादा पनि उनलाई मम्मीको सम्झना आइरहन्थ्यो । उनलाई खान मन लाग्दैनथ्यो ।
    सानी बिस्तारै दुब्लाउँदै गइन् । बिस्तारै ओछ्यानमा नै थला परिन् । उनकी हजुरआमालाई साह्रै पीर पर्‍यो । उनले सानीलाई धामी-डाक्टर गरिन् तर पनि सानी ठीक भइनन् । सानीकी हजुरआमाले सानीकी मम्मीलाई बोलाउने विचार गरिन् । मम्मीसगको बिछोडले उनको बिमार निको नभएको भनेर उनका बाबालाई चाडै आउन पत्र लेखिन् ।

    सानी र मम्मीको मिलन
    सानीका बाबा र मम्मीले सानी बिमारी भएको पत्र पाए । उनीहरू तुरुन्त घर आए । घरमा सानीको हालत देखेर दुवैजना रोए । सानी र उनको मम्मीको यो मिलनले सबैजना मर्माहत भए । सानीकी मम्मीले सानीलाई कहिल्यै छोडेर नजाने प्रतिज्ञा गरिन् । उनी सानीको राम्रोसग स्याहारसम्भार गरिन् । मम्मीको हेरचाहमा सानी निको हुदै गइन् ।
    सानी र उनकी मम्मीको मिलन देखेर उनकी हजुरआमा र बाबाले उनीहरूलाई नछुट्याउने निर्णय गरे । उनका बाबाले सानीलाई सहरमा लगेर एउटा राम्रो स्कुलमा पढाउने विचार
    गरे । यसमा सबैको सहमति भयो ।
    'म राम्रो स्कुलमा पढ्न पाउने भएँ ।' सानीले खुसी हुदै भनिन् । उनी निको हुदै गइन् ।
    सानी राम्रोसग निको भएपछि उनकी मम्मी, बाबा र सानी सहरतिर लागे । सबैजना बाटामा जादै थिए । सानीले यसो आकाशतिर हेरिन्- आकाशमा बादलहरू फेरि तछाड र मछाड गर्दै उडिरहेका थिए । सानीले तिनै बादलले आफूलाई मम्मीसग भेट गराएको भन्ने विश्वास गरिन् । उनले बादललाई धेरैधेरै धन्यवाद दिइन् ।
  • GET A FREE QUOTE NOW

    Coming Soon ....

    ADDRESS

    Tribeni Gaunpalika 4 Rolpa

    EMAIL

    nbnabinudasi@mail.com
    navarajbudha.com.np@mail.com

    TELEPHONE

    9810851804
    01128626831

    MOBILE

    9810851804
    01128626831